अस्ट्रेलियालाई दोस्रो सफलता

अस्ट्रेलियालाई दोस्रो सफलता

लन्डन  : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बिहीबार राति भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ । ट्रेन्ट ब्रिजमा भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित ग¥यो । यससँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित निकालेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । 

अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान साई होमले सर्वाधिक ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ५१, निकोलस पुरनले ४०, क्रिस गेल र सिम्रन हेटमायरले समान २१, आस्ले नर्सले १९, कार्लोस ब्रेथवेटले १६ तथा आन्द्रे रसेलले १५ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए । यस्तै प्याट कुमिन्सले दुई तथा एडम जाम्पाले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय ८८ रनको योगफल खडा गरेको थियो । ३८ रनमा चार विकेट गुमाएर दबाबमा परेको अस्ट्रेलियाको पालीलाई स्टेभन स्मिथ, नाथन कल्टर नाइल र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले सम्हालेका थिए । 

प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर तीन, कप्तान आरोन फिन्च ६, उस्मान ख्वाजा १३ र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भएपछि स्मिथ, कल्टर नाइल र केरीले अस्ट्रेलियन पालीलाई अगाडि बढाएका थिए । कल्टर नाइलले ९२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ६० बलमा चार छक्का र आठ चौका हिर्काए । यस्तै स्मिथले १०३ बलमा ७३ र केरीले ५५ बलमा ४५ रन बनाए ।

वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले तीन विकेट लिए । यसैगरी ओसाने थोमस, सेल्डन कोट्रेल र आन्द्रे रसेलले दुई÷दुई विकेट लिँदा कप्तान जासन होल्डरले एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.