कोही किन अमेरिकामै अड्किन्छ ? यी कलाकार जो उतै छन्

कोही किन अमेरिकामै अड्किन्छ ? यी कलाकार जो उतै छन्

अमेरिका : कुनै समय नेपाली चलचित्र क्षेत्रमा स्थापित धेरै कलाकार अहिले अमेरिकामा छन्। कोही यहाँ व्यापार, व्यवसायमा स्थापित छन् त कोही छिटपुट कलाकारितामा पनि। देश छँदा सार्वजनिक जीवन बाँचेका अधिकांश कलाकार यहाँ दैनिक काममा छन् किनकि पैसा बिना यहाँ जीवन चल्दैन। र, पैसा कमाउन सजिलो छैन। 

थोरै मात्र फिल्म या म्युजिक भिडियोमार्फत् कलाकारितामा जीवित रहने प्रयासमा छन्। तर सातामा ५/६ दिन जागिर खाएर बाँकी रहेका समय म्युजिक भिडियो या फिल्ममा काम गर्नु पनि असम्भव प्रायः नै हुन्छ। राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी पछिको नेपाली फिल्म उद्योगको दोश्रो पुस्ताका धेरै परिचित कलाकारहरूको अमेरिकामा हालत यस्तै छ। 

अन्नपूर्ण पोस्ट्को सम्पर्कमा आएका अधिकांश कलाकार अमेरिका भासिनुको कारण 'आर्थिक भएको' बताउँछन्। उनीहरू नाम नखुलाउने शर्तमा मात्र कुरा गर्न तयार छन्। नेपालमा नाम कमाएका उनीहरू 'पैसा मोह' कै कारण नाम नधमिलियोस् भन्नेमा सचेत देखिन्छन्। 

एक कलाकारको गुनासो छ- नेपालमा कलाकारिता क्षेत्रमा स्थापित हुन धेरै दुख कष्ट गरियो। अन्तिममा अमेरिका पस्नु पर्योन। अर्का कलाकारको भनाई छ- यहाँ कामको सम्मान हुन्छ। काम गरेपछि हप्ता दिनमै तलब आउँछ। केही वर्ष दुख गरे बाँकी जीवन सुरक्षित बनाउन मद्द्त हुन्छ। त्यसैले हो अमेरिका आएका कलाकार नर्फकेको। 

जुन सुकै बाध्यता या परिस्थितिमा अमेरिका आए पनि थोरै कलाकारमात्र अहिले म्युजिक भिडियो या फिल्ममा संलग्न छन्। त्यो पनिस यदाकदा। केही कलाकार यहाँ हुने सार्वजनिक समारोहका प्रस्तुतिमा देखा पर्छन्। लोक तथा दोहोरी क्षेत्रका धेरै कलाकार दोहोरी साँझ, कन्सर्ट, पिकनिकमा व्यस्त नै देखिन्छन्। उनीहरू पारिश्रमिक तोकेरै प्रस्तुति दिन्छन्। अमेरिका रहेका कलाकारहरूको अवस्थाबारे हामीले नजर राख्ने प्रयास गरेका छौँ। 

अधिकांश कलाकार अमेरिका भासिनुको कारण 'आर्थिक भएको' बताउँछन्। उनीहरू नाम नखुलाउने शर्तमा मात्र कुरा गर्न तयार छन्। नेपालमा नाम कमाएका उनीहरू 'पैसा मोह' कै कारण नाम नधमिलियोस् भन्नेमा सचेत देखिन्छन्। 

नायिका- व्यापारदेखि गृहस्थीसम्म
नेपालको पर्दामा खुबै चलेका थुप्रै नायिका अमेरिकामा छन्। कहिलेकाहिँ यहाँ हुने साँस्कृतिक कार्यक्रममा देखिने भएपनि एकाध बाहेक अन्य फिल्म उद्योगबाट पलायन नै भए भन्दा फरक पर्दैन। पैसाका लागि पेशा छोडेको आरोप लाग्ने गरेका उनीहरू कोही सामान्य काममा छन् भने कोही आआफ्नो व्यवसाय त कोही घर गृहस्थीमा व्यस्त छन्। चलचित्र क्षेत्रका दुई नायिका करिस्मा मानन्धर र गौरी मल्ल केही समय अमेरिका बसेर नेपाल फर्केका छन्। करिस्मा चलचित्रसँगै राजनीतिमा सक्रिय छन्, भने गौरी मल्ल कलाक्षेत्रमा फर्केकी छन्। अरुको स्थिति के छ ? हामीले खोजेका छौँ।  

कृष्टि मैनाली 
एक जमाना जमेर कलाकारिता क्षेत्रमा काम गरेकी कृष्टि अहिले परिवारको साथमा न्यूयोर्कमा बस्दै आएकी छन्। न्यूयोर्क धेरै हिसाबले सम्पर्क बढी हुने क्षेत्र भएपनि उनी सितिमिति कसैसँग भेटघाट गर्दिनन्। न्यूयोर्क आइपुगेका धेरै कलाकार उनलाई भेट्न खोज्छन् तर खासै कसैलाई पनि नभेट्ने उनको बानी छ। 

पूजा चन्द 
कुनै समय धेरै चलेकी नायिकाको सूचिमा आफूलाई राख्न सफल नायिक पूजा चन्दा यति बेला परिवारको साथमा मेरिल्यान्डको बाल्टिमोरमा व्यवासाय सञ्चालन गरेर बसेकी छन्। उनले यहाँ कुनै चलचित्र या म्युजिक भिडियो गरेको चर्चा या खबर सुनिँदैन। 

ऋचा घिमिरे 
अर्की चलेकी नायिका थिइन्- ऋचा घिमिरे। उनी अमेरिकाको बाल्टिमोरमा बस्छिन्। नृत्य कक्षा समेत सञ्चालन गरेकी ऋचा फिल्म क्षेत्रमा अब 'नो मोर' जस्तै भएकी छन्। उनी एक समय दर्शकले खुबै मन पराएकी नायिका थिइन्। 

जल शाह 
मोटी नायिका भनेर चिनिने जल शाह अमेरिकाको युटामा बस्छिन्, कहिले काँही हुने साँस्कृतिक कार्यक्रम बाहेक अन्यत्र सहभागि नहुने शाहले आफ्नो घर सम्हालेर बसेकी छन् । दजनौं चलचित्रमा नायिका रहेकी जल पुरै घर गृहस्थीमै लागेकी छन् । 

अनुपमा प्रसाई 
अनुपमा प्रसाई भर्जिनिया सहरमा परिवारको साथमा बस्छिन्, नेपाली सांस्कृति कार्यक्रममा नृत्य समेत प्रस्तुत गर्ने प्रसाई फिल्म या म्यूजिक भिडियोमा देखिनै छाडेकी छन्। 

सज्जा मैनाली 
कलाकार परिवारमै जन्मेहुर्केकी सज्जा मैनाली हाल पेनसलभेनिया राज्यमा बसोबास गर्छिन्। उनी पनि फिल्म क्षेत्रमा अब आउँदिनन् भन्ने गरिन्छ। सुरिलो स्वर अनि मिलेको कद भएकी नायिका सज्जा कला क्षेत्रमा देखिन छाडेकी छन्। 

यसै पनि अलिक बढी कलाकार बस्ने क्षेत्र मेरिल्याण्ड हो। यहाँ बेलाबखत विभिन्न कार्यक्रम गरेर कलाकार भेटघाट गर्ने गर्दछन्। सारंगा श्रेष्ठ, अरुणिमा लम्साल, ऋचा घिमिरे लगायत नायिका बेला बखतमा चाडबाड या साँस्कृतिक कार्यक्रमको बहानामा भेटघाट गर्छन्। 

नायक- पैसादेखि पेशासम्म
करिब एक सय हाराहारी चलचित्र खेलेका नायकदेखि आधा दर्जन चलचित्रमा नायकको भूमिका निवार्ह गरेका धेरै कलाकारहरु अमेरिका छन्। जुन कारणले अमेरिका आए पनि उनीहरू यहाँ घर किनेर स्टोर या अन्य व्यापार व्यवसाय गरेर स्थापित भएर बसेका छन्। 

दिलिप रायमाझी 
कुनै समयका स्थापित नायक दिलिप रायमाझी श्रीमतीलाई डिभी परेर अमेरिका भित्रिएका हुन्। उनी यहाँ रहेर पनि कला क्षेत्रमा जीवित रहने कोसिस निरन्तर गरिरहेका छन्। उनी आधा समय अमेरिका र आधा समय नेपाल बस्छन्। फिल्म उद्योगमा उनले निरन्तर काम गरिरहेका छन्। यहाँ हुँदा सार्वजनिक कार्यक्रममा समेत नृत्य गर्छन्, त्यस्तै म्यूजिक भिडियोमा समेत व्यस्त देखिन्छन् । 

नेपालमा जस्तो गफ लडाएर पुग्दैन। घर सम्हाल्न काम गर्नुपर्छ। केही समय विश्राम मात्रै लिएको हो, पलायन होइन। कसैले पूर्णरुपमा यो क्षेत्र छोडेको भए पनि एउटा कलाकार कलाकार नै भएर मर्ने उनको तर्क छ। 

राजबल्लभ कोइराला 
२७ वटा नेपाली चलचित्रमा नायकको भूमिकामा काम गरेका कलाकार कोइराला करिव ६ वर्षदेखि अमेरिकामा छन्। पाँच वर्षदेखि यहाँको स्थानीय बैंकमा काम गर्दै आएका कोइराला परिवारको साथमा मेरिल्यान्ड राज्यमा बसोबास गर्छन्। 'पर्खि बसेँ' देखि 'छ एकान छ' सम्म सिनेमा गरेका कोइरालाले सिनेमा विषयमै स्नातक गरेका छन्। 

अमेरिकामा व्यस्त समयका बीचमा उनले दुईवटा म्युजिक भिडियो गर्न भ्याए भने आफैं कार्यकारी निमार्ता भएर 'रागभ' नामक चलचित्र निमार्ण गरेका छन्। नेपालीहरू त्यसमा पनि चर्चामा रहेका कलाकारहरू किन अमेरिका भासिन्छन्? 'तपाईं जे कारण देखाउनुस्, आर्थिक सुरक्षा नै पहिलो कारण हो', उनी भन्छन्। उनी र उनीजस्ता अरु कलाकार पलायन भएकै हुन् ? उनको खरो जवाफ छ- पलायन त होइन। तर यहाँ ६ दिन काम गरेर कसरी फिल्म या म्युजिक भिडियो गर्नु ? नेपालमा जस्तो गफ लडाएर पुग्दैन। घर सम्हाल्न काम गर्नुपर्छ। केही समय विश्राम मात्रै लिएको हो, पलायन होइन। कसैले पूर्णरुपमा यो क्षेत्र छोडेको भए पनि एउटा कलाकार कलाकार नै भएर मर्ने उनको तर्क छ। 

विक्रान्त बस्नेत 
एक दर्जन चलचित्रका नायक विक्रान्त बस्नेत पनि अमेरिकामै छन्। अमेरिका आएको वर्षौं भइसक्दा पनि उनले यो क्षेत्र छोड्न भने सकेका छैनन्। हालै 'भैरे' चलचित्रमा उनले नायकको भूमिका निर्वाह गरे। त्यस्तै यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रममा प्रस्तुति समेत राख्ने गरेका छन्। कलाकारहरूको संस्थामा समेत काम गरिरहेका विक्रान्त अहिले पनि सुटिङकै क्रममा नेपालमा छन्। विक्रान्तले म्यासेन्जरमा भने- म अहिले पनि सुटिङका लागि नेपालमा छु। आएपछि भेटेरै बाँकी कुरा गरौंला है।' 

आउँदैनन् मिडियामा
अमेरिकामा रहेका धेरै कलाकार मिडियामा आउन रुचाउँदैनन्। आफ्नो व्यक्तिगत जीवना कसैले अवरोध नगरोस् वा चासो नदेओस् भन्ने उनीहरूको चाहना देखिन्छ। समय एक सय भन्दा बढी चलचित्र खेलेका सुमन सिंह पनि अमेरिकामा छन्। उनले यहाँ कुनै फिल्म या म्युजिक भिडियो गरेको सुन्न पाइँदैन। 

दजनौं चलचित्रका नायक जीवन लुइँटेल, दुई दर्जन भन्दा बढी चलचित्र गरेका निरज बराल, मुकेश ढकाल पनि अमेरिकामै छन्। यस्तै केही चलचित्र र म्युजिक भिडियो काम गरेका मुकेश आचार्य मेरिल्यान्डमा बस्छन्। भिडियो मोडल विमलेश अधिकारी, साँधुरो फिल्म सुशान्क मैनाली, शुभाष थापा, सुदाम्सु जोशी पनि अमेरिकामा छन्। यस्तै एक समयमा धाँसु पुराना कलाकार किरण प्रभात केसी पनि वर्षौंदेखि अमेरिकामा मै छन्। 

न्यूयोर्कमा दिनको १२ बज्दा क्यालिर्फोनियामा बिहानको ९ बज्छ, अब आफैं भन्नुस् यहाँ समय र काम व्यवस्थापन गरी फिल्म या म्युजिक भिडियो गर्न कति सहज छ ? 

निर्देशक नजर
नेपालमा ५ वटा चलचित्र र एक सय बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक पोखरेल अमेरिकाको क्यालिर्फोनिया राज्यमा बसोबास गर्छन्। अमेरिकामा २५ वटा म्युजिक भिडियो निर्देशन गरेका पोखरेलले दुई वटा साना चलचित्र समेत निर्देशन गरेका छन्। 

अन्तराष्ट्रिय कलाकार मञ्चको महासचिव समेत रहेका पोखरेलले अमेरिकामा रहेका धेरै कलाकारलाई  एकीकृत गरेर कलाक्षेत्रमा उल्लेख्य काम गर्न सकिने बताउँछन्। के अमेरिकामा फिल्म या म्युजिक भिडियो बनाउन सजिलो छ ? हाम्रो प्रश्नमा उनी उल्टो प्रश्न गर्छन्- न्यूयोर्कमा दिनको १२ बज्दा क्यालिर्फोनियामा बिहानको ९ बज्छ, अब आफैं भन्नुस् यहाँ समय र काम व्यवस्थापन गरी फिल्म या म्युजिक भिडियो गर्न कति सहज छ ? 

सुरेशको भनाईमा यहाँ कामबाट बचेको समय कलाक्षेत्रमा दिनुपर्ने अवस्था भएकोले कलाकारिता गर्न त्यति सजिलो छैन। 'सामान्य मान्छेले जस्तै कलाकारले पनि घर चलाउनु पर्छ, त्यसपछि बचेको समय कलाक्षेत्रलाई दिने हो', उनी भन्छन्, 'यहाँ दैनिक काममा व्यस्त रहनु त पर्छ नै, कलाक्षेत्रलाई पनि सँगै लान धेरै मेहेनत गर्नुपर्छ।'  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.