इन्जिनियर एक लाख घुससहित पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्री–करिडोर सिंचाई आयोजना, रोल्पाका सब-इन्जिनियर तारा श्रेष्ठ १ लाख घुससहित पक्राउ गरेको छ। उनले योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले घुसलिइरहेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।