यसरी बन्दै छ क्रंकिटमान्डू (तस्बिर)
काठमाडौं : सरकारले मापदण्डको कार्यान्वयनमा कडाई नगर्दा राजधानी सहर काठमाडौं क्रंकिटमान्डूमा परिणत भइरहेको छ।
काठमाडौंको आरुबारीबाट देखिएको माकलबारी र अत्तरखेलको बस्ती विकासको तस्बिर एउटा उदाहरण मात्र हो। उपत्यकामा अव्यवस्थित रुपमा घर निर्माण हुँदा वातावरणमा प्रभाव परेको छ।
पछिल्लो समय जंगल मासेर प्लटिङ गर्ने र बस्ती विकास गर्ने क्रम तिब्र भएको छ। संघीयताले समेत राजधानीको आकर्षणलाई कम गर्न सकेको छैन। कसरी बन्दै छ काठमाडौं क्रंकिटमान्डू उमा विष्टले कैद गरेका तस्बिरमा हेर्नुहोस्।