पाथिभरा जब लिंकले पाँच लाखको बिमा गर्ने

पाथिभरा जब लिंकले पाँच लाखको बिमा गर्ने

काठमाडौं : पाथिभरा जब लिंक प्रालि इटहरी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १ नम्बर प्रदेश कार्यालय इटहरीमा एक कार्यक्रमबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा जब लिंकका प्रबन्ध निर्देषक पवन अधिकारी र इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख पुष्कर भटराईले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार जब लिंकमार्फत् रोजगारीका लागि जाने कामदारको ५ लाख बराबरको दुर्घटना बिमा निःशुल्क गरिनेछ। 

पहिलो वर्षका लागि बिमांक रकम जब लिंकले तिरिदिने र बाँकी वर्षमा बिमित स्वयम् आफैले उक्त बिमांक रकम तिर्नुपर्ने बताए। सम्झौता पश्चात आयोजित कार्यक्रममा बोल्दै जब लिंक प्रालिका प्रबन्ध निर्देषक अधिकारीले सबैको पहुँचमा बिमा कार्यक्रम पुग्न नसकेका कारण धेरै असुरक्षीत भएर काम गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। 

जब लिंकले बिमा निशुल्क गर्ने योजना ल्याएसँगै बिमाको महत्व झनै बढदै जाने कुरामा जोड दिए। कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख भटराईले जब लिंकसँग मिलेर काम गर्न पाउदा निकै उत्साहि भएको बताए। 

उनले १ नम्बर प्रदेशमै पहिलो पल्ट सुरुवात गरेको कार्यक्रमले धेरैलाई फाइदा पुग्ने कुरामा जोड दिए। कार्यक्रममा इन्स्यारेन्सका विराटनगर शाखाका प्रबन्ध सुरेश भटराई एवम् इटहरी शाखाका प्रबन्धक जगत फुयालले समेत बिमाको महत्वका बारेमा प्रष्टयाएका थिए। 

पाथिभरा जब लिंक इटहरीका ३ महिना अघिबाट सञ्चालमा आएको हो। यस अवधिमा जब लिंक मार्फत धेरैले रोजगारी प्राप्त गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.