राजधानीमा मनसुन मोबाइल मेगा अफर : ६५० रुपैयाँमै मोबाइल

राजधानीमा मनसुन मोबाइल मेगा अफर : ६५० रुपैयाँमै मोबाइल

काठमाडौं : राजधानीमा जेठ २७ गतेदेखि मनसुन मोबाइल मेगा अफर सञ्चालन हुँदैछ। दुई सातासम्म चल्ने अफरमा ६५० रुपैयाँमै मोबाइल पाइने छ। 

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबसहित विभिन्न ठाउँमा हुने मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैंमा पाइने अफरसमेत रहेको छ। 

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ। पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ। 

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिनाअवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिनेछ। 

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निःशुल्क पाउनेछन्। विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ। 

मोबाइल मेला अवलोकन गर्नेलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण गरिने मोबाइलहबले जनाएको छ। 

केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल, सीटीसी मलमा मेला सञ्चालन हुनेछ। 

जेठ २७ गते सोमबारदेखि चल्ने मेला आगामी असार १५ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.