प्रधानमन्त्रीको युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित छ : डा. भट्टराई

प्रधानमन्त्रीको युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित छ : डा. भट्टराई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने बताएका छन्। राजधानीमा आयोजित एक साक्षात्कार समारोहमा बोल्दै डा. भट्टराई भोलिबाट सुरु हुने प्रधानमन्त्रीको साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने प्रष्ट पारेका हुन्। 

उनले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने समेत स्पष्ट पारे। उनले भने,‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकत्ता छ, सोहीअनुसार सहयोग लिनको लागि पनि यो भ्रमण फलदायी हुनेछ।’

भट्टराईले ब्रिटिस गुर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्ने पनि डा. भट्टराई  जनाए। 

‘बेलायसँगको हाम्रो सम्बन्ध १९४७ को सन्धिले गाईड गर्छ। मलाई लाग्छ यसमा तलमाथि हुँदैन्’ उनले भने,‘यो सन्धिले लामो समय पार गरेको छ। हामी अहिले परिवर्तित परिस्थितिमा छौं। यस सम्बन्धमा छलफल चल्न सक्छ। आ–आफ्नो अपिनिएन राख्न सकिन्छ। तर, नयाँ सन्धि तथा सम्झौता गर्ने तहमा हुँदैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.