चार वर्षपछि बन्यो समुन्द्रटारको प्रहरी चौकी
नुवाकोट : दुप्चेश्वर गाउँपालिका ६ समुन्द्रटारको प्रहरी चौकी चार वर्षपछि बनेको छ। नयाँ भवन बनेपछि लामो समयसम्म पाल र टेन्टमा बसेर सेवा गर्दै आएका प्रहरीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ ।
सरकारले भूकम्प पुनःनिर्माण कोष अन्र्तगत ९० लाख लागतमा भवन निर्माण गरेको हो। भवनको प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपकुमार थापाले उद्घाटन गरे।
सदरमुकाम विदुरबाट ३० किलोमिटर उत्तरपूर्वमा रहेको समुन्द्रटारको प्रहरी चौकी २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो।
२०२२ सालकै दरबन्दी ११ जना रहे पनि अहिले हवल्दारको नेतृत्वमा पाँचजना मात्र कार्यरत छन्।