सेना आधुनिकीकरणमा अग्रसर : प्रधानसेनापति

सेना आधुनिकीकरणमा अग्रसर : प्रधानसेनापति

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको आधुनिकीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्न लागि परेको बताएका छन्। 

उनले आफ्ना सकलदर्जा (सीपाही) बीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने क्रममा यस्तो धारणा राखेका हुन्। नेपाली सेनाले सुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको जानकारी दिंदै उनले भने, ‘नेपाली सेनाको आधुनिकीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्न नेपाली सेनाको दीर्घकालीन सोच–२०३० तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।’

प्रधानसेनापति भएपछि ‘सिपाहीका साथ प्रधानसेनापति’ सञ्चालन गरी सकलदर्जाका समस्या, गुनासो र त्यस क्षेत्रको अवस्थाबारे जानकारी लिने काम थालेका हुन्। प्रत्येक ३ महिनामा यो कार्यक्रम हुने गरेको छ। यहाँ भएकालाई सभाहलमा प्रतिनिधिको रुपमा निम्त्याउने र बाहिर रहेका हरेक पृतना बाहिनीमा सिपाहीलाई राखेर प्रविधिको प्रयोगबाट अन्तरक्रिया गर्ने गरेको छ। 

यो तेस्रो कार्यक्रम हो। जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा तेस्रो त्रैमासिक रोलकल सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सकलदर्जाको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीमा सुधारात्मक प्रवृति देखिने बताए।

सकलदर्जाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न विषयमा राखेका रायसुझाव तथा जिज्ञासालाई सम्बोधन गर्ने बताए। प्रधानसेनापति थापाले नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पूरा हुने अवसरमा २०७६ भाद्र २४ गते वार्षिक समीक्षासहित उपस्थित हुने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.