स्थानीय स्रोत र साधनको सदुपयोग नहुँदा व्यापार घाटा
स्याङ्जा : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले स्थानीय स्रोत, साधन र अवसरको सहिसदुपयोग गर्न नसक्दा नेपालले ठूलो व्यापार घाटा खेप्नु परेको बताए।
स्याङ्जाको वालिङमा शुक्रबार बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दे गभर्नर नेपालले अवसरै अवसर हुँदा पनि हामीले सहि उपयोग र आवश्यकता अनुरुप प्रयोग गर्नबाट चुकेको बताएका हुन्।
उनले आवश्यकता अनुरुपका कर्जा लिएर व्यवसाय गर्न नसकेको बताए। ‘अब नेपालमै बसेर आलु, प्याज फलाउनुस्, उत्पादन बढाउनुस्। उत्पादनसंग जोडिनुस्’, उनले भने, ‘जापान र अमेरिका यही छ। अन्त कतै जानु पर्नै छैंन।’