विश्वकप क्रिकेट : पानी परेपछि पाकिस्तान र श्रीलंकाले अंक बाँडे

विश्वकप क्रिकेट : पानी परेपछि पाकिस्तान र श्रीलंकाले अंक बाँडे

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शुक्रबार तय भएको दुई दक्षिण एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ। ब्रिस्टलमा शुक्रबार लगातार पानी परेपछि टस नै नभई खेल रद्द भएको हो। खेल रद्द भएसँगै पाकिस्तान र श्रीलंका दुवैले एक/एक अंक जोडेका छन्। 

जारी विश्वकपमा यसअघि पाकिस्तान र श्रीलंकाले दुई/दुई खेल खेलेका थिए। दुवै टोलीले एक÷एक खेल जितेका थिए भने एक/एक खेलमा पराजय भोगेका थिए।  आफ्नो पहिलो खेलमा पाकिस्तानी टोली वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई १४ रनले हराएको थियो। 

यसैगरी श्रीलंकाली टोली पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले हराएको थियो।

शुक्रबारको खेल रद्द भएपछि एक÷एक अंक बाँडेका पाकिस्तान र श्रीलंकाले तीन खेलबाट तीन/तीन जोडेका छन्। रनरेटमा श्रीलंकाभन्दा पाकिस्तान पछि परेको छ। अंक तालिकाको शीर्ष स्थानमा न्युजिल्यान्ड र दोस्रो स्थानमा अस्ट्रेलिया छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.