सहजाद बाहिरिएपछि अफगानिस्तान दबाबमा

सहजाद बाहिरिएपछि अफगानिस्तान दबाबमा

लन्डन : जारी विश्वकपमा सहभागी अफगानिस्तानी टोलीका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सहजादले प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने भएका छन्। अनुभवी ओपनर ब्याट्सम्यान सहजाद विश्वकपबाट बाहिरिएपछि अफगानिस्तान दबाबमा परेको छ। ३२ वर्षीय सहजादको घुँडामा गम्भीर चोट लागेको समाचारमा जनाइएको छ।

सहजादको ठाउँमा १८ वर्षीय इक्रम अली खिललाई टोलीमा समावेश गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि सहजादको ठाउँमा इक्रमलाई समावेश गर्न अनुमति दिइसकेको छ। जारी विश्वकपमा अफगानिस्तानले हालसम्म दुई खेल खेलेको छ। ती दुवै खेलमा अफगानिस्तान पराजित भएको छ। पहिलो खेलमा अस्ट्रेलियासँग हारेको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो।

अफगानिस्तानको क्रिकेटलाई माथि उठाउन पनि सहजादको महत्वपूर्ण योगदान रहेको छ। दायाँहाते ब्याट्सम्यान सहजादले अफगानिस्तानका लागि हालसम्म ८४ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३३.६६ को औसतले कुल दुई हजार सात सय २७ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ३१ रन हो।

एकदिवसीय क्रिकेटमा ६ शतक र १४ वटा अर्धशतक प्रहार गरिसकेका सहजादले ६४ क्याच पनि लिएका छन्। उनले विभिन्न टोलीका २५ जना ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन्। गत सेप्टेम्बरमा खेलिएको भारतविरुद्धको खेलमा पनि उनले शतक प्रहार गरेका थिए। गत महिना खेलिएको विश्वकपको अभ्यास खेलमा आयरल्यान्डविरुद्ध पनि उनले शतक हिर्काएका थिए।

जारी विश्वकपमा भने उनले अघिल्ला दुवै खेलमा गतिलो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाविरुद्धको खेलमा सात रनमा पेभेलियन फर्किएका सहजाद अस्ट्रेलियाविरुद्धको खेलमा शून्य रनमै आउट भएका थिए। तर, टोलीको निकै अनुभवी खेलाडी सहजाद घाइते भएर बाहिरिएपछि अफगानिस्तान अप्ठ्यारोमा परेको छ।

सहजादको स्थानमा टोलीमा परेका इक्रमले भने हालसम्म दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलेका छन्। गत मार्चमा आयरल्यान्डविरुद्धको खेलबाट उनले एकदिवसीय प्रतियोगितामा ‘डेब्यु’ गरेका थिए। अफगानिस्तानले शनिबार बलियो न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.