कर्जाको माग बढेको बढ्यै, निक्षेप वृद्धि मन्द

कर्जाको माग बढेको बढ्यै, निक्षेप वृद्धि मन्द

काठमाडौं : आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि बैंकहरूको निक्षेप वृद्धि तुलनात्मक रूपमा सुस्त देखिएको छ। विगतमा सरकारको विकास खर्च बढेसँगै आर्थिक वर्षको अन्त्यतिर बैंकहरूमा निक्षेप वृद्धि उल्लेख्य देखिन्थ्यो। वैशाखयता वाणिज्य बैंकको निक्षेप ३७ अर्ब र कर्जा परिचालन २१ अर्ब रुपैयाँले बढेको छ।

अघिल्लो वर्ष वैशाखदेखि जेठसम्म ४३ अर्ब रुपैयाँ र वैशाखदेखि असारको बीचमा १७७ अर्बको निक्षेप बढेको थियो। चालु आर्थिक वर्षमा भने बैंकको निक्षेप वृद्धिदर गत वर्षको तुलनामा सुस्त देखिएको छ। ऋणको माग भने बढ्दो छ।

यो अवधिसम्म बैंकहरूको कर्जाको तुलनामा निक्षेप र प्राथमिक पुँजी योग (सीसीडी) अनुपात ७८.२ प्रतिशत छ। वाणिज्य बैंकहरूको कुल निक्षेप २६ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ भने कुल कर्जा लगानी २३ अर्ब ८७ करोड रुपैयाँ छ। त्यस्तै, बैैंकहरूको प्राथमिक पुँजी ४ खर्ब २४ अर्ब रुपैयाँ छ। बैंकहरूले आफ्नो कुल निक्षेप र प्राथमिक पुँजी योगको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न पाउँदैनन्। सरकारको खर्च बढेर बैंकको निक्षेप वृद्धि भई कर्जा सस्तो हुनुपर्नेमा उल्टै बैंकहरूले निक्षेप आकर्षण गर्न ब्याजदर बढाउनुपर्ने अवस्था रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन्।

बैंक तथा वित्तीय संस्थाले तीन वर्षदेखि लगानीयोग्य पुँजीको अभाव खेपिरहेका छन्। मागअनुसार ऋणको आपूर्ति हुन नसक्दा कर्जाको ब्याजदर उच्च भएको छ भने बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तारका लागि निक्षेप आकर्षण गर्न निक्षेपको ब्याज पनि बढाएका छन्। चालु वर्षमा निक्षेप दुई खर्ब ५५ अर्ब रुपैयाँले बढेको छ भने ऋण लगानी तीन खर्ब ४४ अर्ब रुपैयाँ बढेको छ।

अहिले वाणिज्य बैंकहरूको औसत भारित ब्याजदर निक्षेपमा ६.६७ प्रतिशत र कर्जामा १२.२८ प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.