बसभित्रै ‘किस’ नगरेको भन्दै लण्डनमा तेस्रोलिंगीमाथि आक्रमण

बसभित्रै ‘किस’ नगरेको भन्दै लण्डनमा तेस्रोलिंगीमाथि आक्रमण

लण्डन : संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि आक्रमण भएको छ ।

लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको कुरा पिंक न्युज नामकाे अनलाईनले समाचार बनाएकाे छ । उनीहरु उक्त स्थानमा पर्खेर बसिरहेका थिए वा पछ्याउँदैआए भन्नेबारे आफू प्रष्ट नभएको जियोमोनाटले बताइन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।

चारजनाको समूहले आक्रमण गरेपछि उक्त तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.