‘हेर्न नमिल्ने’ न्यायाधीशले मुद्दा हेरेपछि

‘हेर्न नमिल्ने’ न्यायाधीशले मुद्दा हेरेपछि

 काठमाडौं : प्रकाशमानसिंह राउत न्यायाधीश हुनुपहिला कानुन व्यवसायी थिए । उनी नेपाल रेडक्रस सोसाइटीका कानुनी सल्लाहकार थिए । उनको प्रतीक ल फर्मले रेडक्रसमा कानुनी सेवा दिन्थ्यो । उनी आफैं निवेदन लेख्थे । बिल पनि आफैं हस्ताक्षर गरी पठाउँथे । रेडक्रस अध्यक्ष सञ्जीव थापा तोक लगाइदिन्थे । राउत भुक्तानी बुझ्थे । (हेर्नुहोस्– राउतले लेखेको निवेदन तल)

सर्वोच्च अदालतका न्यायाधीश राउतको एकल इजलासले तिनै थापालाई यति बेला पुनःस्थापना गरेको छ । थापामातहत काम गरेको विगतका कारण यसअघि उनका मुद्दामा राउतलाई सर्वोच्चले ‘हेर्न नमिल्ने’ भनेर दिँदैनथ्यो । यसअघि सपुतबहादुर कार्कीले थापाविरुद्ध दायर गरेको मुद्दाको पेसी २०७५ वैशाख १९ गते अनिलकुमार सिन्हा र राउतको इजलासमा परेको थियो । सर्वोच्चले हेर्न नमिल्ने भनी पन्छाएको थियो ।

थापाले अनियमितता गरेका उजुरी बढेपछि जिल्ला प्रशासन कार्यालयले जेठ ६ गते उनको कार्यसमिति विघटन गरी नयाँ तदर्थ बनायो । त्यसविरुद्ध थापा सर्वोच्च गए । उनको मुद्दा राउतकै इजलासमा प¥यो । उनले आफैं हेर्न नमिल्ने भनेनन्, सर्वोच्चले पनि रोकेन । अन्ततः आदेश सुनाइदिए, ‘थापाको पुनःस्थापना गर्नू ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.