इङ्ल्यान्डको फराकिलो जित

इङ्ल्यान्डको फराकिलो जित

लन्डन  : जासन रोयले १५३ रनको शतकीय पाली खेलेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा बंगलादेशविरुद्ध १०६ रनको जित निकालेको छ । इङ्ल्यान्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २८० रनमा समेटिएपछि इङ्ल्यान्डले जारी विश्वकपमा दोस्रो जित हात पारेको हो ।

बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । टोलीले आठ रन मात्र जोडेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान सौम्य सरकार दुई रन बनाउँदै पेभेलियन फर्किएपछि ब्याटिङ गर्न आएका सकिबले सानदार पाली खेल्दै १२१ रन बनाए । बेन स्टोक्सको बलमा बोल्ड हुनुअघि उनले ११९ बलमा एक छक्का र १२ चौका प्रहार गरे । सकिब र विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले १०६ रनको साझेदारी गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए । मुसफिकरले ४४ रन बनाए । यस्तै महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए ।

इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले ३–३ विकेट लिए ।यस्तै मार्क उड दुई विकेट लिँदा लियाम प्लुनकेट र अडिल रसिदले एक÷एक विकेट हात पारे ।

जारी विश्वकपमा इङ्ल्यान्डको दोस्रो जित हो । इङ्ल्यान्डले विश्वकपको उद्घाटन खेलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर ३११ रन बनाएको इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३९.५ ओभरमा २०७ रनमा समेट्दै विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा भने घरेलु टोली इङ्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको ३४९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभर नै खेलेर नौ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सकेको थियो ।

यसैगरी बंगलादेशको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो ।

विश्वकपमा अब इङ्ल्यान्डले जुन १४ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले भने जुन ११ मा अर्को दक्षिण एसियाली टोली श्रीलंकाको सामना गर्नेछ ।

यसअघि बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रनको विशाल योगफल खडा गरेको थियो । इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले शतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका रोयले १५३ रन बनाए । ३४.४ ओभरसम्म क्रिजमा डटेका रोयले १२१ बलमा पाँच छक्का र १४ चौका हिर्काए।

यसैगरी अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट र जस बट्लरले पनि अर्धशतकीय पाली खेले । रोय र बेयरस्टले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । रोयले ५१ र जस बट्लरले ६४ रन बनाए । यस्तै कप्तान इयोन मोर्गनले ३५, लियाम प्लुनकेटले २७, जोए रुटले २१ र क्रिस वाक्सले १८ रन बनाए ।

बंगलादेशका मोहमद सैफुद्दिन र मेहदी हसनले दुई÷दुई विकेट लिए । यस्तै कप्तान मसरफे मोर्तजा र मस्ताफिजुर रहमानले एक÷एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.