न्युजिल्याण्डलाई लगातार तेस्रो सफलता

न्युजिल्याण्डलाई लगातार तेस्रो सफलता

इङ्ल्याण्ड :  जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ । शनिबारको खेलमा अफगानिस्तानलाई  ७ विकेटले पराजित गरी तेस्रो जित निकालेको हो।

इङ्ल्याण्डको टाउनटनस्थित रंगशालामा भएको खेलमा न्युजिल्याण्डले टस जितेर पहिले बलिङ रोजेको थियो । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ४१.१ ओभरमा सबै विकेट गुमाई १७२ रन बनायो ।   १७३ रनको लक्ष्य न्युजिल्याण्डले ३२.१ ओभरमा ३ विकेग गुमाएर पूरा गर्‍यो ।  न्युजिल्याण्डको सहज जितका लागि कप्तानसमेत रहेका केन विलियमसनले ७९ रनको योगदान गरे । रोस टेलरले ४८ र कोलिन मुन्रोले २२ रन बनाए । अफगानिस्तानले पहिलो बलमा नै  न्युजिल्याण्डका आक्रामक ब्याट्सम्यान मार्टिन गुप्टीललाई आउट गरी दबाब बनाउने कोसिस गरेको थियो ।  न्युजिल्याण्डको तीनै विकेट अफगानिस्तानका अफताब आलमले लिए । 

चोटका कारण आफ्ना महत्वपूर्ण ओपनर ब्याट्सम्यान मोहमद सहजादलाई गुमाएको अफगानिस्तानले बलियो न्युजिल्याण्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो ।  हजरातौल्लाह जाजई र नुर अली जाड्रनले पहिलो ओभरदेखि नै आक्रमण सुरु गरेका थिए । ११औं ओभरको पाचौं बलमा आक्रामक ब्याटिङ गर्न सक्षम युवा खेलाडी हजरातौल्लाह जाजई आउट भएपछि अफगानिस्तानको पारीमा ब्रेक लाग्यो ।

 जाजई २८ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाएर  आउट भए । १२ औं ओभरको पहिलो बलमा अर्का ओपनर नुर अली जाड्रन पनि ३८ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएपछि अफगानिस्तान खेलमा फर्कन सकेन । लगातार विकेट गुम्नेक्रम जारी रह्यो । ४१.१ ओभरमा अलआउट हुँदै अफगानिस्तानले १७२ रन मात्रै बनाउन सक्यो । चौथो नम्बरमा ब्याटिङमा आएका हसमातुल्लाह शाहिदीले सम्मालिएर ब्याटिङ गर्दै अफगानिस्तानको स्कोर उकास्ने कोसिस गरे पनि अन्यले उनलाई साथ दिन सकेनन् । शाहिदीले ९९ बलमा ५९ रन बनाएर १० औं विकेटकोरुपमा आउट भएका थिए । 

अफगानिस्तानकालाई धरासायी बनाउने क्रममा न्युजिल्याण्डका मध्यम तीब्र गतिका बलर जेम्स निसमले मात्रै ५ विकेट लिए । तीब्र गतिका बलर लोकीज र्फगुसनले ४ विकेट लिए ।

न्युजिल्याण्डले विश्वकपमा तीनै खेलमा जित निकाली तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।  अफगानिस्तानले लगातार ३ खेलमा हार व्यहोरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.