तल्लो मोदीखोला आयोजनामा तालाबन्दी

तल्लो मोदीखोला आयोजनामा तालाबन्दी

कुश्मा : परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कामदार र कर्मचारीले तालाबन्दी गरेका छन्। निर्माणमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायत माग राखेर कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले विद्युत्गृह, हेडवक्र्स र सुरुङमा भइरहेको निर्माण कार्यसमेत ३ दिनदेखि बन्द गराएका छन्। आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायत संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग आयोजनासँग राखेका छन्। आयोजनामा कार्यरत ४० जना कर्मचारीले जेठ २० देखि काम बन्द गराएपछि निर्माण कार्य प्रभावित भएको छ।

‘हामी सुुरुदेखि निर्माण कार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ’, कर्मचारी सौरभ पौडेलले भने, ‘हामीलाई स्थायी गर्ने विषय पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको हो।’ कर्मचारीले यसअघि जेठको ८ गतेदेखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए तर २० गते पछि समस्या समाधान गर्ने सहमतिमा खुलेको थियो। सहमति गर्दै जाने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएपछि बाध्य भएर आन्दोलन गर्नुपरका रमेश भण्डारीले बताए।

आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ। आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रूपमा राखेर काम गराइएको तर स्थायी नगरिएको दाबी गरे।

निर्माणमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायत माग राखेर कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन्।

टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ। वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ। कुस्मा नगरपालिका ७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बीचबीचमा कमजोर भूभाग भेटिएको थियो। २०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.