आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

रोहित शर्मा (भारत)

विश्वकपमा भारत सशक्त टोली हो । एक सय एक स्टार खेलाडीको साथ पाएको भारतको ब्याटिङ उत्कृष्ट छ । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, रोहित शर्मा । भारतले यस विश्वकपमा प्रारम्भिक ब्याट्सम्यान रोहितबाट ठूलो आशा गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि रोहितले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा रोहितले शतकीय पालि खेलेका थिए । 

उनले एक सय ४४ बलमा दुई छक्का र १३ चौकाको मद्दतमा एक सय २२ रन बनाएका थिए । ३२ वर्षीय रोहितको ब्याटिङ क्षमता बेजोडको छ । उनी स्पिनर र फास्ट दुवै बलरका लागि टाउको दुखाइ बन्ने गर्छन् । उनले एकदिवसीयमा दुई सय सात खेल खेल्दै आठ हजार एक सय ३२ रन बनाएका छन् । 

उनको औसत रन ४८.११ हो । एकदिवसीय क्रिकेटमा उनको सर्वाधिक रन दुई सय २४ हो । एकदिवसीयको बलिङमा उनले दुई सय सात खेल खेल्दै आठ विकेट लिएका छन् । बलियो अस्ट्रेलियासँगको खेलमा पनि रोहित चम्कने विश्वास भारतको छ ।

मिचेल स्टार्क (अस्ट्रेलिया)

अस्ट्रेलियाली टोलीका प्रभावशाली बलर हुन्, मिचेल स्टाक । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई थुप्रै महŒवपूर्ण सफलता दिलाएका छन् । उनी टोलीका अहिले पिलर नै हुन् । जारी विश्वकपमा राम्रो लयमा देखिएका मिचेलले वेस्ट इन्डिजविरुद्धको खेलमा एक्लै पाँच विकेट लिएर सनसनी मच्चाएका थिए । वेस्ट इन्डिजलाई हराउन मिचेलले ४६ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

 लेफ्ट आर्म फास्टबलर मिचेलको बलिङले धेरै बलिया ब्याट्सम्यानलाई अत्याउने गर्छ । १.९७ मिटर उचाइका मिचेलले देशका लागि खेलेको ७७ एकदिवसीय खेलमा एक सय ५१ विकेट लिइसकेका छन् । उनले उक्त विकेट लिने क्रममा तीन हजार आठ सय ६३ बलमा तीन हजार एक सय ८६ रन खर्चिएका छन् । २९ वर्षीय मिचेलको किफायती बलिङ क्षमता बेजोडको छ ।

 उनले एकै खेलमा २८ रन खर्चिएर ६ विकेट लिएका छन् । ब्याटिङमा भने उनले एकदिवसीयमा ७७ खेल खेल्दै दुई सय ८८ रन बनाएका छन् । उनीबाट भारतविरुद्घको खेलमा पनि उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.