ट्रफीको नाम नै फरक

ट्रफीको नाम नै फरक

आईसीसी एकदिवसीय विश्वकपको चर्चासँगै विश्वकप ट्रफीको इतिहास पनि रमाइलो छ । सन् १९७५ देखि १९९६ सम्म खेलिएका सुरुका ६ संस्करणलाई आईसीसी ट्रफीलाई विश्वकप ट्रफी भनिएन । त्यति बेला जुन कम्पनीले प्रायोजन गर्थे, उसैको नाम ट्रफीमा लेखिन्थ्यो । इङ्ल्यान्डले सन् १९९९ मा आयोजना गरेको विश्वकपपछि विश्वकप ट्रफीको पनि नाम र स्वरूप फेरिएको हो ।

 इङ्ल्यान्ड विश्वकपपछि आईसीसी ट्रफीको नामकरण गरियो । सन् १९७५, १९७९ र १९८३ को विश्वकप ट्रफीलाई प्रुडेन्सियल कप भनिन्थ्यो । त्यसपछि सन् १९८७ को ट्रफीलाई रिलायन्स कप ट्रफी भनियो । सन् १९९२ को ट्रफीलाई वेसन हेसेज कप भनियो । सन् १९९६ को विश्वकप ट्रफीले विल्स ट्रफीको नाम पायो । सन् १९९९ देखि हालसम्म विश्वकप ट्रफीको नाम आईसीसी विश्वकप ट्रफीको नामले प्रचलित छ । आईसीसी विश्वकप ट्रफीको निर्माण सुन र चाँदीबाट गरिएको छ । 

ट्रफीको माथिल्लो भागमा पृथ्वीको आकारमा सुनको ग्लोब बनाइएको छ । त्यसलाई दुईतिर चाँदीले बनेका तीनवटा स्तम्भले अड्याइएको छ । चाँदीले बनेको स्तम्भ विकेट र बलको आकारको छ । यसले ब्याटिङ, बलिङ र फिल्डिङ बुझाउँछ । ट्रफीलाई अड्याउने मुख्य बेस भने काठबाट बनाइएको छ । यस ट्रफीको उचाइ ६० सेन्टिमिटर र तौल ११ केजी छ । विश्वकप विजेताले असली ट्रफी भने पाउँदैनन् । विजेतालाई ट्रफीको रिप्लिका (प्रतिलिपि) मात्र दिने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.