भारत-पाक विवाद : वार्ताबाट समस्या समाधान

भारत-पाक विवाद : वार्ताबाट समस्या समाधान

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तान विवाद सुल्झाउन वार्ता गर्न आग्रह गरेका छन्। शुक्रवार भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेखी उनले यस्तो आग्रह गरेका हुन्। भारतले शांघाई सहयोग संगठनको सम्मेलनका बेला बिस्केकमा पाकिस्तानसँग वार्ता नगर्ने घोषणा गरेलगत्तै खानले पत्र लेखेका छन्।

दोस्रो कार्यकालका लागि मोदीलाई बधाई दिँदै उनले दुई देशले गरिबीविरुद्ध काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले क्षेत्रीय विकासका लागि मिलेर काम गर्न आह्वान पनि गरेका छन्। पाकिस्तानले कश्मीर लगायतका सबै समस्याको समाधान चाहेको पत्रमा चर्चा गरिएको छ। मोदी पुनः सत्तामा आएपछि मिलेर काम गर्न तयार रहेको खानको यो दोस्रो आग्रह हो।

पुलवामा आक्रमणपछि यी दुई देशबीच तनावपूर्ण स्थिति बनेको थियो। खानले दक्षिण एशियामा शान्ति, विकास र समृद्धिका लागि मिलेर काम गर्नुपर्ने बताउँदै आएका छन्। मोदीले भने शान्ति एवं समृद्धिका लागि हिंसा र आतंकवाद नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन्। यसअघि शुक्रवार नै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतीय समकक्षी एस. जयशंकरलाई पत्र लेखी वार्ता गर्न तयार रहेको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.