मोदीलाई मालद्वीपको सर्वोच्च सम्मान

मोदीलाई मालद्वीपको सर्वोच्च सम्मान

माले  : मालद्वीपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिवार देशकै सर्वोच्च सम्मान ‘निशान इज्जुद्दीन’ प्रदान गरेको छ। प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको शुरुवात मालद्वीपबाट गर्न पाएको भन्दै खुशी व्यक्त गरेका छन्।

उनले भने, ‘मालद्वीपको सर्वोच्च सम्मानबाट सम्मानित हुन पाउँदा भारतले नयाँ गौरव प्राप्त गरेको छ। निशान इज्जुद्दीनको सम्मान मेरा लागि हर्ष र गर्वको विषय हो। यो दुवै देशबीचको मित्रता र घनिष्ठ सम्बन्धको सम्मान हो।’

हिन्द महासागरका लहरले हजारौं वर्षदखि घनिष्ठ सम्बन्धमा बाँधेको उनले बताए। उनले भारत सधैं मालद्वीपको साथमा रहेको चर्चा गरे। भारत र मालद्वीप दुवै देशका जनताले स्थिरता र विकास चाहेको उनको भनाइ छ। यस्तो अवस्थामा जनकेन्द्रित र समावेशी विकास तथा सुशासनको जिम्मेदारीको अझ महत्व भएको उनको स्पष्टोक्ति छ।

उनले भने, ‘मैले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग विस्तृत र उपयोगी छलफल गरेँ। हामीले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका साथ द्विपक्षीय सहयोगको समीक्षा गर्छौं। यसलाई प्रभावकारी बनाउन तयार छौं। राष्ट्रपति सोलिहको पद ग्रहणपछि द्विपक्षीय सहयोगमा परिवर्तन आएको छ।’

सोलिहको दिल्ली यात्राका क्रममा भारतले १ अर्ब ४० करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको थियो। उक्त सहयोग मालद्वीपका आमनागरिकलाई फाइदा हुने परियोजनामा खर्च गर्न थालिएको छ।

विभिन्न टापुमा पानी र सफाइको व्यवस्था, लघु तथा सानु उद्योगका लागि पर्याप्त अर्थ, बन्दरगाहको विकास, सामुदायिक केन्द्र निर्माण, क्रिकेट स्टेडियम, एम्बुलेन्स सेवा, तटीय सुरक्षा, कृषि र मत्स्य पालन, पर्यटन जस्ता क्षेत्रमा उक्त रकम लगानी गरिएको छ।

दुई देशका नागरिकबीच सम्पर्क बढाउन भारतमा कोच्ची र मालद्वीपको कुल्तुफुशी र मालेबीच डुंगा सेवा शुरु गरिने भएको छ। मालद्वीप र भारतबीच सैन्य प्रणाली सम्बन्धी सम्झौता पनि भएको छ।

मालद्वीपमा विगतको सरकारले चीनलाई महत्व दिएको आरोप लागेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.