'हुन्डाई फेष्टिभ डिलाइट २०७५'अफरका विजेता घोषित

'हुन्डाई फेष्टिभ डिलाइट २०७५'अफरका विजेता घोषित

काठमाडौं : हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ। हुण्डाईको नक्साल शोरुममा भएको कार्यक्रममा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयी बद्रीकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई १२० एक्टिभको साँचो हस्तान्तरण गरेका हुन्।

उक्त समारोहमा विमला खनाल, कञ्जुमर आई नेपाल तथा नैन्सी बोगटी (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो। लक्‍की ड्रका विजेताको छनौट ५ मे, २०१९मा हिमालया टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।विमला खनाल, कञ्जुमर आई नेपाल र श्रृंखला खतिवडाको निर्णयमा बम्पर लक्की ड्र को विजेता छनौट गरिएको हो। साथै कम्पनीले १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताको नाम पनि सार्वजनिक गरेको छ।

हुण्डाई फेष्टिभ डिलाइट २०७५अन्तर्गत हुण्डाइ खरिदकर्तामध्ये १०० जनाले १० ग्राम सुनसहित स्क्राच कार्ड मार्फत १ लाख सम्मको नगद छुट पनि प्राप्त गरेका छन्।कम्पनीले सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध गराउँदै आएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका नेपाल भरी १५ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.