विश्वकप क्रिकेट : बलिया दुई राष्ट्र भारत र अष्ट्रेलियाको भिडन्त सुरु

विश्वकप क्रिकेट : बलिया दुई राष्ट्र भारत र अष्ट्रेलियाको भिडन्त सुरु

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार दुई प्रभावशाली टोली साविक विजेता अस्ट्रेलिया र भारत आपसमा भिड्दै छन्। उक्त खेल दी ओभल स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ सुरु भएको छ। भारतले टस जितेर ब्याटिङ सुरु गरेको छ । विश्वभरिका क्रिकेट पारखीलाई यो खेलले भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ। यी दुवै टोली विश्वकप उपाधि दाबेदार हुन्। दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्।

यसअघि नै विश्वकपको उपाधि जितिसकेका दुई टोली यसपटक पनि उपाधि हत्याउने अभियानमा छन्। साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ। भारतको योजना पनि उस्तै छ। विश्वकपमा अस्ट्रेलियाले दुई खेल खेलिसकेको छ। अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो। दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो। भारतले भने एक खेल खेलेको छ। भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो।

साबिक विजेता अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ। अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो। सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो।

त्यसैले विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ। एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलिया हरेक क्षेत्रमा अब्बल देखिएको छ। पहिलो खेलमा अस्ट्रेलियन बलरले तुलनात्मक रूपमा कमजोर अफगानिस्तानलाई दुई सय सात रनमा समेटेका थिए। उक्त खेलमा अस्ट्रेलियाका लागि तीव्र गतिका बलर प्याट कुमिन्स र स्पिनर एडम जाम्पाले तीन-तीन विकेट लिएका थिए। ब्याटिङमा दुवै ओपनर डेभिड वार्नर (अविजित ८९ रन) र एरोन फिन्च (६६ रन) ले अर्धशतक बनाएका थिए। दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि अस्ट्रेलियाले सानदार प्रदर्शन गरेको थियो। अस्ट्रेलियाको पालिलाई स्टेभन स्मिथ, नाथन कल्टर नाइल र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले सम्हालेका थिए। कल्टर नाइलले ९२ रन बनाएका थिए। स्मिथले ७३ र केरीले ४५ रन बनाएका थिए। उक्त खेलमा बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए। यस्तै प्याट कुमिन्सले दुई र एडम जाम्पाले एक विकेट लिएका थिए।

यसैगरी दुई पटक विश्वकपको उपाधि चुमेको भारत विश्व क्रिकेटको बलियो टोली हो। भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो। सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो। जारी विश्वकपमा सहभागी अधिकांश टोलीले दुई÷दुई खेल खेलिसकेपछि बल्ल भारतले दोस्रो खेल खेल्न लागेको हो। विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीमा स्टार र अनुभवी खेलाडीको जमघट छ।

सन् २०११ मा भारतले विश्वकप जित्दाका कप्तान महेन्द्रसिंह धोनी अहिले पनि टोलीका प्रभावशाली खेलाडीका रूपमा छन्। दक्षिण अफ्रिकासँगको पहिलो खेलमा भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले एक सय २२ रनको शतकीय पालि खेलेका थिए। टोलीलाई जिताउन महेन्द्रसिंह धोनीले पनि ३४ रनको योगदान गरेका थिए। बलिङमा भारतका युजभेन्द्र चाहलले चार तथा भुवनेश्वर कुमार र जसप्रीत बुमराहले दुई÷दुई विकेट लिएका थिए।

भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ। यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन्। त्यसमा अस्ट्रेलियाले आठ र भारतले तीन खेल जितेको छ। दुई टोलीबीच भएको अन्य एकदिवसीय खेलमा पनि अस्ट्रेलिया नै बलियो देखिएको छ। दुई टोलीबीच भएको एक सय ३६ एकदिवसीय खेलमा अस्ट्रेलिया ७७ खेलमा विजयी भएको छ भने भारतले ४९ खेल जितेको छ। १० खेल अनिर्णित भएको थियो। त्यसैले आइतबार हुने खेलमा अस्ट्रेलिया र भारत दुवैका लागि निकै महŒवपूर्ण छ। दुवै टोली आफ्नो अपराजित यात्रा कायम राख्ने धुनमा छन्।

विश्वकपमा दुई टोली

कुल : ११ खेल

अस्ट्रेलिया विजयी : ८ खेल

भारत विजयी : ३ खेल

एकदिवसीयमा दुई टोली

कुल : १३६ खेल

अस्ट्रेलिया विजयी : ७७ खेल

भारत विजयी : ४९ खेल

अनिर्णित : १० खेल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.