बिहेको झुठो आश्वासन दिएर बलात्कार गर्ने पक्राउ

बिहेको झुठो आश्वासन दिएर बलात्कार गर्ने पक्राउ

विराटनगर : बिहे गर्ने झुठो आश्वासन दिएर विराटनगरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।  विराटनगर महानगरपालिका-१२ घर भई विराटनगर-१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका २५ वर्षीय विवेक भनिने दिब्य पोद्धारले किशोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रेमको नाटक गर्दै आफ्नै कोठामा लगेर पोद्धारले विराटनगर-१४ घर भएकी किशोरीलाई बलात्कार गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। 'प्रेमको प्रपञ्च रच्दै आफ्नै कोठामा लगेर बालिकालाई बिहे गर्छु भन्दै बलात्कार गरेको पाइयो,' श्रेष्ठले भने, 'प्रारम्भिक अनुसन्धानबाट पनि बालिका पीडित भएको देखिन्छ।'

उनका अनुसार अन्तिम पटक पोद्धारले गत वैशाख १० गते बलात्कार गरेको खुलेको छ। झुटो आश्वासन दिई बलात्कार गरेको उजुरी परेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बलात्कारपछि उनी फरार रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका पोद्धारको ८ वर्ष अघि नै बिहे भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए।

उनीविरुद्ध जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी श्रेष्ठले दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.