मुलुक समृद्ध बनाउन विश्वविद्यालयको भूमिका महत्वपूर्ण : राष्ट्रपति

मुलुक समृद्ध बनाउन विश्वविद्यालयको भूमिका महत्वपूर्ण : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउने सरकारी लक्ष्य पुरा गर्न विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताएकी छन्। त्रिभुवन विश्वविद्यालयको आयोजनामा आइतबारदेखि शुरु भएको विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलनको उद्घाटन गर्दै भण्डारीले यस्तो बताएकी हुन्।

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय समेत भएको नाताले मुलुकमा दिगो शान्ति स्थापना गर्न र विकासको लागि त्रिविले नेतृत्वदायि भूमिका खेल्नुपर्ने पनि उनले बताइन्। राष्ट्रको आर्थिक विकासमा समेत त्रिविले महत्वपूर्ण योगदान पुर्‍याउनुपर्ने उनको भनाई थियो।

यसको लागि त्रिविले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उतपादनमा ध्यान दिनुपर्ने भण्डारीले बताइन्। ‘नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा यहाँका जनशक्तिले विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ। यसतर्फ त्रिविले विशेष ध्यान दिनुपर्छ’ भण्डारीले भनिन्।

मुलुकमा राजनितिक स्थिरता र सुशासन भए मात्र समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नाराले पूर्णता पाउने उनको भनाई छ। त्रिविका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षाको समग्र सुधारका लागि सहयोगी भूमिका खेल्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए। कार्यक्रममा स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिको सहभागिता छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पाठ्यक्रम तथा शिक्षण पद्धत्ती, अनुसन्धान तथा अन्वेशण र उद्यमशिलता र व्यवस्थापनका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्। ललितपुरको हिमालयन होटलमा सम्मेलनको आयोजना गरिएको भएपनि उद्घाटन भने राष्ट्रपति भवन शितल निवासमा गरिएको थियो।

सम्मेलनका सहभागीहरु शितल निवासमा सम्मेलन उद्घाटन गरेर थप कार्यक्रमका लागि हिमालय होटल गएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.