मन्त्रीले आफैं लगाए निवास क्षेत्रमा झाडु
काठमाडौं : विश्व वातावरण दिवस–२०१९ को अवसरमा ललितपुरको पुलचोकस्थित मन्त्री निवास क्षेत्रमा मन्त्री आफैंले सरसफाई गरेका छन्।
वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान मन्त्री निवास क्षेत्रको सरसफाई भएको हो। पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री निवासमा पुगेर समापन भएको थियो।
सरसफाइमा कार्यबहाक प्रधानमन्त्री र्ईश्वर पोखरेल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडालगायत सहभागी थिए।
वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वास्थ्य जीवन’ भन्ने नाराका साथ साताव्यापी जनचेतनामुलक कार्यक्रम गरेर वातावरण दिवस मनाइरहेको छ।