६ प्रतिशत ब्याजदरमा भक्तपुर नगरपालिकाले दियो शैक्षिक ऋण

६ प्रतिशत ब्याजदरमा भक्तपुर नगरपालिकाले दियो शैक्षिक ऋण

भक्तपुर : भक्तपुर नगरपालिकाले ६ प्रतिशत ब्याजमा आफ्नो नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ।

बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो। भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आइतबार एक कार्यक्रमबीच नपामा निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन्।

भक्तपुर नपाले विद्यालय तथा कलेजको पत्रको आधारमा विद्यार्थीहरुलाई ऋण प्रदान गर्ने व्यवस्था गरेको छ। उसले ऋणस्वरुप विद्यार्थीलाई नगद नै भने दिनेछैन। शैक्षिक ऋणको सदुपयोग गर्ने उद्देश्यले उसले विद्यालय वा कलेजको खातामै ऋणी विद्यार्थीको शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो।

त्यस्तै भक्तपुर नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूमध्ये वडा कार्यालयको सिफारिसमा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिने प्रवन्ध मिलाइएको छ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त ऋण प्रदान गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए।

नपाले दुई जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि पूर्ण छात्रवृत्ति दिने प्रक्रिया अघि बढाइएकोसमेत बताए। प्रमुख प्रजापतिले भक्तपुर नगरलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले उच्च शिक्षामा जोड दिएको स्पष्ट पारे।

१०० जनाको कोटामा ३६ जनामात्रै
भक्तपुर नपाले चालू आर्थिक वर्षमा बढीमा एकसय जना विद्यार्थीलाई शैक्षिक ऋण दिने निर्णय गरेको थियो। सोहीअनुसार उसले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै उसले नपाका दसवटा वडाबाट दसदस जना विद्यार्थीहरुलाई उक्त ऋण दिने कार्यविधि नै बनाएको थियो तर आइतबार ३६ जनालाई मात्रै शैक्षिक ऋण वितरण गरिएको छ।

एकसय जनालाई दिने भनिएको शैक्षिक ऋण ३६ जनलाई मात्रै दिइएपछि भक्तपुर नपाको आलोचना भएको छ। नपाका जनप्रतिनिधिहरुले नै यसको आलोचना गरेका हुन्।

उनीहरुले नपा बोर्डले निर्णय गरेअनुसार नै एकसय जनालाई शैक्षिक ऋण दिनुपर्ने धारणा राखे। ‘केही समय लम्ब्याएर भए पनि सबै वडाबाट दसदस जनाको दरले एकसय जनालाई नै शैक्षिक ऋण प्रवाह गर्नुपथ्यो’, एक जनप्रतिनिधिले भने, ‘३६ जनालाई मात्रै शैक्षिक ऋण दिने स्थितिले नपाको निर्णय कार्यान्वयन क्षमता कमजोर भएको पुष्टि हुन जान्छ।’

‘नपा सेवामुखी हो, नाफामुखी होइन’
त्यस्तै अर्कोथरि निर्वाचित जनप्रतिनिधिहरुले शैक्षिक ऋणको नाउँमा नगरवासीको सेवा गर्ने निकायले बैंक, वित्तीय संस्था वा सहकारीले जस्तो ब्याज खान नहुने प्रतिक्रिया दिएका छन्। उनीहरुले नगरभित्रका गरिब तथा असहायहरुको सर्वेक्षण गरी आर्थिक रुपले अति नै विपन्नलाई नपाले निःशुल्क शिक्षाको बन्दोबस्तो गर्नेपर्ने बताए।

‘नपाले ब्याज खानकै लाथि ऋण दिने हो भने बढी ब्याज आउने उद्योग’ व्यवसायमा लगानी गरे नगरवासीलाई बढी फाइदा हुन्थ्यो’, एक जनप्रतिनिधिले भने।

‘ऋण पाउने जनप्रतिनिधि र कार्यकर्ताका छोराछोरी बढी’
त्यस्तै नपाले दिएको शैक्षिक ऋण पाउनेमा भक्तपुर नपाकै जनप्रतिनिधि र भक्तपुर नपामा सत प्रतिशत नतिजा निकालेको नेमकिपाका नगरस्तरीय नेता तथा कार्यकर्ताका छोरी बढी भएको गुनासो गरेका छन्।

सिंगो नगरवासीका छोराछोरीलाई दिइनुपर्ने सेवासुविधा सीमित जनप्रतिनिधि र निश्चित पार्टीका नेता तथा कार्यकर्ताका छोराछोरीलाई मात्रै दिइँदा भोलि आलोचना हुने उनको भनाइ थियो।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.