कडा प्रतिस्पर्धा, भारतलाई सफलता

कडा प्रतिस्पर्धा, भारतलाई सफलता

लन्डन : शिखर धवनले शतक तथा कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले पराजित  गर्दै लगातार दोस्रो जित हात पारेको छ । लन्डनको दी ओभल क्रिकेट मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।  

अस्ट्रेलियाका लागि पुछारका ब्याट्सम्यान एलेक्स क्यारीले आक्रामक ब्याटिङ गरेपछि खेल निकै रोचक बनेको थियो । क्यारीले अविजित ५५ रन बनाए । उनले ३५ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।भारतले दिएको ३५३ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले पूरै ५० ओभर खेल्दै ३१६ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका क्यारी बाहेक स्टेभन स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले पनि अर्धशतकीय पाली खेले । लामो समय क्रिजमा टिकेका स्मिथले ७० बलमा एक छक्का र पाँच चौकाको मद्दतमा ६९ र वार्नरले ८४ बलमा पाँच चौकाको मद्दतमा ५६ रन बनाए ।

यसैगरी उस्मान ख्वाजाले ४२, कप्तान एरोन फिन्चले ३६, ग्लेन म्याक्सवेलले २८ रन बनाए ।भारतका जसप्रीत बुमराह र भुवनेश्वर कुमारले तीन÷तीन विकेट हात पारे । यस्तै युजभेन्द्र चाहलले दुई विकेट लिए ।

जारी विश्वकपमा भारतको लगातार दोस्रो जित हो । यसअघि भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । अहिलेसम्म तीन खेल खेलेको अस्ट्रेलियाको भने पहिलो हार हो । अस्ट्रेलियाले यसअघि अफगानिस्तानलाई सात विकेट र वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३५२ रनको योगफल खडा गरेको थियो । भारतको विशाल पालीमा शिखर धवनले शतक तथा रोहित शर्मा र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान धवनले ११७ रन बनाए । १०९ बलको सामना गरेका उनले १६ चौका हिर्काए । एकदिवसीय क्रिकेटमा धवनले प्रहार गरेको यो १७औं शतक हो ।

यसैगरी रोहितले ५७ र विराटले ८२ रन बनाए । यस क्रममा रोहितले एक छक्का र तीन चौका तथा विराटले दुई छक्का र चार चौका हिर्काए । एकदिवसीय क्रिकेटमा विराटको ५०औं र रोहितको ४२औं अर्धशतक हो । यसैगरी हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र लोकेश राहुलले ११ रन बनाए ।

अस्ट्रेलियाका मार्कस स्टोइनिक्सले दुई विकेट लिए । यस्तै प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कल्टर नाइलले एक÷एक विकेट हात पारे ।

विश्वकप क्रिकेटअन्तर्गत अब अस्ट्रेलियाले बुधबार आफ्नो चौथो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानको सामना गर्नेछ । भारतले भने बिहीबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.