पोर्चुगललाई नेशनल लिगको उपाधि, रोनाल्डोलाई दोस्रो सफलता
पोर्चुगल : युरोपियन युनियन फुटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरी उपाधि हात पारेको हो।
पोर्चुगलको प्याट्रोस्थित स्टेडिओ दो ड्रागो रंगशालामा भएको खेलमा पोर्चुगलले नतिजा आफ्नो पक्षमा पारेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलको जितका लागि गोनकालो गुएडेसले ६० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सेमिफाइनलमा स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।
नेदरल्याण्ड्सले पोर्चुगलमाथि निकै दबाब बनाए पनि गोल गर्न भने सकेन । पोर्चुगलको बलियो डिफेन्सले नेदरल्याण्ड्सको आक्रमणलाई सफल हुन दिएन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई महत्वपूर्ण दोस्रो उपाधि दिलाउन सफल भएका छन् । यसअघि पोर्चुगलले २०१६ मा फ्रान्समा भएको युरोकपको उपाधि जितेको थियो ।