जसले ६ पटक विश्वकप खेले
संसारका सबै खेलाडीको चाहना हुन्छ विश्वकप खेल्ने।एकपटक मात्र पनि विश्वकपमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नु खेलाडीका लागि निकै गौरवको विषय हो।कतिपय यस्ता खेलाडी छन्, जसले पटकपटक विश्वकप खेल्ने मौका पाए।देशका लागि धेरै विश्वकप खेल्ने खेलाडीको सूचीमा थोरै खेलाडी पर्छन्।भारतका सचिन तेन्दुलकर र पाकिस्तानका जावेद मियादादले ६÷६ पटक विश्वकप खेलेका छन्।यी दुई खेलाडीको कीर्तिमान हालसम्म कसैले तोडेको छैन ।
भारतमा क्रिकेटका भगवान्को रूपमा चिनिने सचिनले पहिलो पटक सन् १९९२ को विश्वकप खेलेका थिए।त्यसपछि उनी सन् २०११ को विश्वकपसम्म टोलीमा रहे।६ पटक विश्वकप खेले पनि उनले एकपटक मात्र उपाधि जित्ने अवसर पाए।भारतले सन् २०११ को उपाधि जितेसँगै सचिनले पनि विश्वकपबाट बिदा लिए ।
यसैगरी पाकिस्तानका जावेद मियादाद पनि सचिनले जस्तै ६ पटक विश्वकप खेल्ने भाग्यमानी खेलाडी हुन्।जावेद मियादादले सन् १९७५ देखि सन् १९९६ सम्म विश्वकपमा पाकिस्तानीको प्रतिनिधित्व गरे।सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दा जावेद मियादाद टोलीको महत्वपूर्ण खेलाडी थिए।
पाकिस्तानका भरपर्दा ब्याट्सम्यान उनले विश्वकपमा कुल ३३ खेल खेल्दै एक हजार ८३ रन बनाएका छन्।उनी खेल जीवनपछि पाकिस्तानी क्रिकेट टोलीको प्रशिक्षक पनि बने।६१ वर्षीय जावेद मियादादले क्रिकेट बोर्डमा रहेर पाकिस्तानको क्रिकेट विकासमा महत्वपूर्ण काम पनि गरेका छन् ।