आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

क्विन्टन डी कक (दक्षिण अफ्रिका)

विश्वकपमा दक्षिण अफ्रिका बलियो टोली हो। तर, सधैं अभागी जस्तै देखिएको दक्षिण अफ्रिकालाई यस पटकको विश्वकप पनि त्यति फापिरहेको छैन। अघिल्ला तीन खेलमा पराजित भइसकेको दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्दैछ। सोमबारको खेलमा दक्षिण अफ्रिकाले निकै आशा गरेका खेलाडीमध्ये एक हुन्, क्विन्टन डी कक हुन्। बायाँहाते ब्याट्सम्यान डी कक दक्षिण अफ्रिकाका विकेटकिपर पनि हुन्। २६ वर्षीय डी ककले यसअघिका खेलमा पनि औसत खेल प्रदर्शन गरेका छन्।

आयोजक इङ्ल्यान्डसँगको उद्घाटन खेलमा त्यति जम्न नसकेका डी ककले बंगलादेशविरुद्धको खेलमा २३ रन बनाएका थिए। भारतसँगको खेलमा उनले १० रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि एकदिवसीयमा एक सय नौ खेल खेलेका डी ककले ४५.२२ को औसतमा कुल चार हजार सात सय तीन रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनले १४ शतक र २२ अर्धशतक पनि बनाएका छन्। उनको उच्च स्कोर एक सय ७८ रन हो। कुशल फिल्डरसमेत रहेका डी ककले एक सय ५४ क्याच पनि लिएका छन्। उनले विपक्षी टोलीका आठ ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन्।

निकोलस पुरन (वेस्ट इन्डिज)

वेस्ट इन्डिज टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, निकोलस पुरन। २३ वर्षीय युवा खेलाडी पुरनबाट जारी विश्वकपमा वेस्ट इन्डिजले निकै आशा गरेको छ। बायाँहाते ब्याट्सम्यान पुरन यो विश्वकपमा राम्रो लयमा देखिएका छन्। उनी टोलीका विकेटकिपर पनि हुन्। शान्त स्वभावका पुरन टोलीलाई आवश्यक पर्दा रन बटुल्न माहिर छन्। उनले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका लागि धेरै खेल्ने अवसर भने पाएका छैनन्। केवल तीन खेल खेलेका पुरनले कुल ७४ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर ४० रन हो।

उनले जारी विश्वकपको पाकिस्तानविरुद्धको खेलमा ३४ रनको महत्वपूर्ण पाली खेलेका थिए। चौथो नम्बरमा ब्याटिङ गरेका उनले १९ बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए। पुरनले अस्ट्रेलियाविरुद्धको खेलमा पनि ४० रनको महत्वपूर्ण योगदान गरेका थिए। छरिता खेलाडी पुरनले दुईवटा क्याच पनि लिएका छन्। उनले सन् २०१९ को फेब्रुअरीमा इङ्ल्यान्डविरुद्घ खेल्दै एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। उनले टेस्ट क्रिकेट भने खेलेका छैनन्। वेस्ट इन्डिजले पुुरनबाट दक्षिण अफ्रिकाविरुद्घको खेलमा पनि उत्कृष्ट प्रदर्शनको आशा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.