टेलिकमका प्रिपेड प्रयोगकर्ता : ४ जिल्लामा २ लाख १६ हजार

टेलिकमका प्रिपेड प्रयोगकर्ता : ४ जिल्लामा २ लाख १६ हजार

धनकुटा : कोसी पहाडका ४ जिल्लामा नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्ता २ लाख १६ हजार पुगेका छन्। नेपाल टेलिकम धनकुटाको तथ्यांकअनुसार धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुममा २ लाख १६ हजार ३ सय ३६ जना जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता पुगेका हुन्।

नेपाल दूसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा टेलिफोन सेवाको प्रयोगकर्ताको संख्या ४ करोड ४ लाख ४० हजारभन्दा बढी पुगेको छ। यो कूल जनसंख्याको १३४.३५ प्रतिशत हो। प्रिपेड मोबाइल प्रयोगकर्ताको संख्यामात्रै ३ करोड ७९ लाख ९३ हजारभन्दा बढी छ।

त्यसमध्ये धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमलगायत जिल्लामा २ लाखभन्दा बढी प्रिपेड मोबाइल प्रयोगकर्ता रहेको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा छन्। धनकुटामा ८० हजार ५ सय १९ जना प्रयोगकर्ता रहेको टेलिकम धनकुटाका लेखा अधिकृत उमेशकुमार दंगालले बताए। धनकुटापछि संखुवासभामा ६९ हजार ६ सय ७०, तेह्रथुममा ३३ हजार ९ सय ९३ र भोजपुरमा ३२ हजार १ सय ५४ जना प्रिपेड मोबाइल प्रयोगकर्ता छन्।

पछिल्लो समय नेपाल टेलिकमले प्रदान गर्ने नेटवर्किङ सेवाको गुणस्तरमा सुधार भएसँगै प्रयोगकर्ताको संख्या हरेक वर्ष बढ्न थालेको उनले बताए। उनले भने, ‘ग्रामीण क्षेत्रमा मोबाइल फोनको पूर्वाधार विकास भएसँगै नेपाल टेलिकमका ग्राहक थपिएका हुन्।

कोसी पहाडमा पोस्टपेट मोबाइल प्रयोगकर्ताको संख्या ५ हजार १ सय २२ पुगेको छ। धनकुटामा १ हजार ८ सय ७३, संखुवासभामा १ हजार ३ सय ८५, तेह्रथुममा ९ सय ७२ र भोजपुरमा ८ सय ९२ जना रहेको नेपाल टेलिकम धनकुटाको तथ्यांक छ। यता पीएसटीएन ल्यान्डलाइन टेलिफोन जोड्ने ग्राहकको संख्या ६ हजार ६ सय २० पुगेका छन्।

४ जिल्लामध्ये ल्यान्डलाइन जोड्ने ग्राहक संख्या धनकुटामा सबैभन्दा बढी २६ सय ७३, संखुवासभामा २ हजार ६९, तेह्रथुममा ९ सय ४१ र भोजपुरमा ९ सय ३७ जना छन्। एडीएसएल इन्टरनेट प्रयोगकर्ताको कूल संख्या २५ सय ५२ मध्ये धनकुटामा ९ सय ५२, संखुवासभामा ७ सय ५९, भोजपुरमा ४ सय ९८ र तेह्रथुममा ३ सय ४३ जना छन्। टेलिकमको द्रूत गतिको ताररहित इन्टरनेट सेवा लिज लाइन जोड्ने ग्राहकको संख्या बढ्दै गएको छ।

४ जिल्लामा कुल १ सय ४ जना लिज लाइनका ग्राहक छन्। यसमध्ये धनकुटामा ४४, संखुवासभामा ३६, भोजपुरमा १५ र तेह्रथुममा ९ जना रहेका छन्। लिज लाइन इन्टरनेटको ग्राहक विशेषगरी वित्तीय संस्था, सरकारी कार्यालय, सुविधायुक्त होटल रहेको दंगालले बताए।

सीडीएम स्काई रिमको प्रयोगकर्ता कोसी पहाडका ४ जिल्लामा ७१ हजार ५ सय ९९ रहेका छन्। यसमध्ये सबैभन्दा बढी संखुवासभामा ४३ हजार २१ प्रयोगकर्ता छन्। धनकुटामा १३ हजार ९ सय २८, भोजपुरमा ८ हजार ३, तेह्रथुममा ६ हजार ६ सय ४७ प्रयोग कर्ता छन्।

यस्तै स्काइ रिमको पोस्टपेड मोबाइल प्रयोगकर्ता पनि कोसी पहाडी जिल्लामा ६ सय २१ जना रहेका छन्। धनकुटामा १ सय ३१, भोजपुरमा १ सय १९ र तेह्रथुममा १ सय १४ जना छन्। सिडिएम स्काइ रिम गाउँगाउँमा चल्ने भएकाले गर्दा यसको प्रयोगकर्ता पनि थपिने क्रम बढेको नेपाल टेलिकमको भनाइ छ।

एनसेलले पनि ती ४ जिल्लामा आफ्ना ग्राहकको संख्या २ लाखभन्दा बढी नै रहेको दाबी गरेको छ। एनसेल स्रोतले हाल कम्पनीले जिल्लाअनुसार डाटा संकलन गर्ने काम नगरेकाले ४ जिल्लामा यति नै ग्राहकसंख्या छन् भनी यकिन तथ्यांक नभएकाले बताए। स्रोतका अनुसार उल्लेखित जिल्लामा एनसेलको पहुँच राम्रो भएकाले ग्राहकसंख्या २ लाखभन्दा बढी रहेको उल्लेख गरेको छन्। अहिले देशभरबाट एनसेल प्रयोगकर्ता १ करोड ६४ लाख पुगेका छन्।

चैत्र १५ गतेसम्म एनसेल प्रयोगकर्ता सो तथ्यांक बराबर पुगेका हुन्। कुल तथ्यांकमध्ये करिब ४७ प्रतिशत प्रयोगकर्ताले इन्टरनेट सेवा सञ्चालन गर्दै आएको एनसेलले बताएको छ। पछिल्लो समय भ्वाइसभन्दा डाटा प्याक चलाउने प्रयोगकर्ता बढेका छन्।

देशको कूल भूभागमध्ये करिब ९२ प्रतिशत भूभागमा एनसेलको कभरेज क्षेत्र रहेको बताइएको छ। अहिले देशभरका १ हजारभन्दा बढी स्थानमा एनसेलको फोरजी सेवा सञ्चालनमा आएको छ।

रोजाइमा स्मार्ट फोन

केही वर्ष अघिसम्म समान्य सुविधा भएको मोबाइलको मात्रै बिक्री हुन्थ्यो। तर पछिल्लो समय मोबाइल प्रयोगकर्ताको रोजाइमा स्मार्ट फोन पर्न थालेको छ। डाटा तानेर मोबाइलबाट सहज तरिकाले इन्टरनेट प्रयोग गर्न मिल्ने भएकाले गर्दा प्रयोगकर्ताको रोजाइमा स्मार्ट फोन पर्न थालेको व्यवसायीको भनाइ छ।

मोबाइल खरिद गर्न ग्राहकले स्मार्ट फोन रोज्ने गरेको धनकुटा–७ मा रहेको सुनाखरी मोबाइल पसलका सञ्चालन सरोज श्रेष्ठको भनाइ छ। उनका अनुसार पहिल्यै पहिल्यै एफएम रेडियो, मेमोरी कार्ड भएको मोबाइल ग्राहकको रोजाइमा पथ्र्यो। तर अहिले भने सेल्फी खिच्न मिल्ने क्यामेरा भएको, नयाँ एप्स सञ्चालन हुने, इन्टरनेट चल्ने खालको मोबाइलमा रोजाइमा पर्न थालेको उनले बताए।

गाउँगाउँमा मोबाइल मर्मत सेन्टर

मोबाइल प्रयोगकर्ता बढेसँगै गाउँगाउँमा मोबाइल मर्मत सेन्टर खुल्ने बढ्दो छ। विशेषगरी भेगमा मुख्य चोक तथा बजारमा मोबाइल मर्मत सेन्टर खुल्ने क्रम बढ्दो छ। विभिन्न निकायबाट मोबाइल तालिम लिएपछि युवाले गाउँमै मर्मत सेन्टर सञ्चालन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.