अमेरिकामा नेपाली :  सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्म

अमेरिकामा नेपाली :  सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्म

अमेरिका  : अमेरिकी कानुुनले प्राकृतिकरण नागरिकता लिएकालाई राष्ट्रपति र उपराष्ट्रपतिबाहेकका उच्चतम पदमा रहेर काम गर्ने अधिकार दिएको छ । आप्रवासीको मुुलुुक भनेर चिनिने देश अमेरिकामा पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति भनिन्छ । यही कानुुनी अधिकारबाट धेरै आप्रवासी यहाँको उच्चतम पदमा पुुगेका छन् ।

नेपालबाट अमेरिका आएकाहरू केही वर्षयता यहाँको मलुुधारको राजनीतिमा सक्रिय छन् । नेपाली मुुलका अमेरिकी राष्ट्रपतिको सल्लाहकारदेखि राज्य सांसद, नगरपरिषद् सदस्य, मेयर, उपमेर र तिनका सल्लाहकारसम्म छन् ।

अमेरिका भित्रिएका नेपालीहरू मुुलधारको राजनीतिमा समेत आफूलाई स्थापित गर्ने नेपालीको संख्या बढ्दो छ । अहिले धेरै प्रतिस्पर्धी मैदानमा छन् । केहीले जितेर इतिहास रचेका छन् । यसरी इतिहास बनाउने नेपालीको पहिलो सूचीमा छन् ह्यारी भण्डारी । पर्वत जिल्लामा जन्मिएका भण्डारी गत नोभेम्बरमा राज्यसभाको चुुनाव जितेर अमेरिकी सांसद बनेका हुन् । अमेरिका पुुगेको १५ वर्षमै उनले अमेरिकी इतिहासमा नेपालीमूलको नागरिक अमेरिकी सांसद भए । १० वर्षदेखि अमेरिकी मुुलधारको राजनीतिमा सक्रिय राज्य सांसद भएका भण्डारी डेमोक्रयाटिक पार्टीका केन्द्रीय सदस्य समेत हुुन् । भण्डारीले मुुलधारको राजनीतिमा छलाङ मार्ने सम्भावना छ ।

यसैगरी अर्को कृतिमान कायम गर्ने नेपाली हुुन्, नेपालको विकट जिल्ला संखुुवासभामा जन्भिएकी सञ्चिता श्रेष्ठ प्रधान । प्रधानले महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपतिको सल्लाहकार भएर इतिहास बनाएकी छन् । प्रधानले यसअघिका राष्ट्रपति बाराक ओबामाको सल्लाहकार भएर एसियन अमेरिकन तथा नेपालीको पक्षमा काम गर्ने अवसर पाइन् ।

सन् २००६ मा डीभी परेर अमेरिका आएकी प्रधान आयोवा डिर्पामेन्ट अफह्यूमन राइट एसियन प्यासेफिक आइल्याण्डर अफेयर्समा कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएकी छन् ।

अमेरिकामा बसोबास गरिरहेकी सञ्चिता प्रधान अमेरिकामा रहेका नेपाली अमेरिकी मूलधारमा आउनुुपर्ने धारणा राख्छिन् ।

यसैगरी केही दिन पहिले दो श्रो कार्यकालका लागि उपमेरको सपथ खाएका नेपाली हुुन् किरण सिटौला । इण्डियन नगरपालिकाको उपमेयरको सपथ ग्रहण गरेका सिटौलालाई यहाँको सार्वजनिक पदमा निर्वाचित पहिलो व्यक्ति मानिन्छ । बख्खुु लगाएर दो श्रो कार्यकालका लागि शपथ खाएका सिटौला २५ वर्षदेखि अमेरिकामा छन् ।

अध्ययनका लागि अमेरिका छिरेका सिटौलालाई अमेरिकी कानुुनले दिएको अधिकार प्रयोग गरी उपमेयर बनायो । अब पालो नगरपरिषद् सदस्य बनेर इतिहास बनाएका प्रतिप ढकालको छ । नेपालको झापा जिल्लामा जन्मिएका ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगरपदिषद् सदस्य छन् ।

सातजना काउन्सिलमेम्बर विजयी हुुनुुपर्ने गत नोभेम्बरको चुुनावमा ढकाल ३ हजार ८८ मत ल्याएर चुुनिएका हुुन् ।

सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका ढकाल छोटो समयमै नगरपरिषद् सदस्य भएका छन् । नेपालको विकासको गतिलाई तीव्र रूपमा लैजाउनुुपर्ने भएकाले सबै निर्वाचित पदाधिकारी इमान्दार भएर लाग्नुुपर्ने बेला आएको उनको धारणा छ ।

यसैगरी नगरपरिषद् बनेका अर्का नेपाली हुुन्, अर्घाखाँचीका मधुु पन्थी । १९ वर्षअघि डीभी परेर अमेरिका आइपुुगेका पन्थी अहिले भर्जिनिया राज्यअन्र्तगत टाउन अफ हेमार्केटका काउन्सिल म्यान छन् । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पन्थी नेपालमा कांग्रेसको राजनीतिमा सक्रिय थिए । ‘डीभीले मलाई अमेरिका ल्यायो’, पन्थी भन्छन्, ‘समाजसेवा र राजनीति मैले नेपालदेखि नै गर्दै आएको थिएँ । अहिले अमेरिकी जनताको सेवा गरिरहेको छुु ।’ दुुई वर्षे कार्यकालका लागि नगरपरिषद् सदस्य बनेका पन्थी मेडिकल सेन्टर चलाएर बसेका छन् ।

यस्तै अमेरिकामा नेपाली महिलाको नाम उचो बनाउने नारी हुुन्, विष्णुुमाया परियार । गोरखाको ग्रामीण भेगको दलित परिवारमा जन्मिएकी परियार न्यूजर्सी राज्यको जर्सीसिटीको मेयर सल्लाहकार छिन् ।

छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका आएकी परियार मेयरको सल्लाहकार बनेकी छन् । दलित आन्दोलनकी अगुुवा परियारले नेपाली महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा नेपालको नाम उचो बनाएकी छन् ।

नेपालबाट अमेरिका आएका छोटो समयमै निर्वाचित पदाधिकारीका साथै उच्चतहको पदमा निर्वाचित, नियुुक्त भएर अलग्गै पहिचान बनाउन सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.