बंगलादेशलाई बदला लिने अवसर

बंगलादेशलाई बदला लिने अवसर

ब्रिस्टल : जारी विश्वकप क्रिकेटमा मंगलबार बंगलादेशले  श्रीलंकाको सामना गर्दैछ। उक्त खेल ब्रिस्टलस्थित काउन्टी क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। विगतका प्रतियोगिताहरूलाई हेर्दा बंगलादेशको तुलनामा श्रीलंका निकै बलियो देखिए पनि यो विश्वकपमा भने दुवै टोलीको स्तर समान देखिन्छ।

 श्रीलंकाले एकपटक विश्वकपको उपाधि जितिसकेको छ भने दुई पटक फाइनलमा पराजित भएको छ।  श्रीलंकाले सन् १९९६ को फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै विश्वकप जितेको थियो। त्यसपछि श्रीलंका सन् २००७ को फाइनलमा अस्ट्रेलियासँग ५३ रनले र सन् २०११ को फाइनलमा भारतसँग ६ विकेटले पराजित भएको थियो।

बंगलादेशको भने यो छैटौं विश्वकप सहभागिता हो। सन् २००७ को विश्वकपमा सुपर एट चरणसम्म पुगेको बंगलादेश सन् २०१५ मा पनि क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। सन् २०१५ को विश्वकपको क्वार्टरफाइनलमा बंगलादेशलाई भारतले एक सय नौ रनले हराएको थियो। विश्वकपमा यो नै बंगलादेशको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो।

जारी विश्वकपमा श्रीलंका र बंगलादेश दुवैले तीन÷तीन खेल खेलिसकेका छन्।  श्रीलंकाले एक खेल जितेको छ भने एक खेलमा पराजय भोगेको छ। आफ्नो पहिलो खेलमा श्रीलंकाली टोली न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले हराएको थियो। श्रीलंका र पाकिस्तानबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

यसैगरी बंगलादेशले एक खेल जितेको छ भने दुई खेलमा हार भोगेको छ। आफ्नो पहिलो खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो। दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको बंगलादेश तेस्रो खेलमा भने आयोजक इङ्ल्यान्डसँग एक सय ६ रनले पराजित भएको थियो।        श्रीलंका तीन अंकसहित तालिकाको पाँचौं र बंगलादेश दुई अंकसहित आठौं स्थानमा छन्। लिग चरणको समाप्तिपछि माथिल्लो चार टोलीमात्र प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान छ।

त्यसैले पनि मंगलबार हुने खेलमा जित हात पार्दै दुवै टोली सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने बंगलादेशभन्दा        श्रीलंका बलियो देखिन्छ। यी दुवै टोलीबीच हालसम्म ४३ वटा एकदिवसीय खेल भएको छ। ३६ खेलमा        श्रीलंका विजयी भएको छ भने बंगलादेशले सात खेलमात्र जित्न सकेको छ।

यसैगरी विश्वकपमा यसअघि यी दुई टोलीबीच तीन पटक भेट भएको छ। ती तीनवटै खेलमा        श्रीलंकाले बंगलादेशलाई हराएको छ। त्यसैले बंगलादेशका लागि विश्वकपमा        श्रीलंकासँग यसअघि भोगेको हारको बदला लिने पनि यो गतिलो अवसर हो। जारी विश्वकपमा        श्रीलंकाको ब्याटिङ निकै फितलो देखिएको छ। न्युजिल्यान्डविरुद्ध एक सय ३६ रनमै अलआउट भएको        श्रीलंकाले अफगानिस्तानविरुद्ध पनि दुई सय एक रनमात्र बनाउन सकेको थियो।

बंगलादेशले भने अघिल्ला तीनवटै खेलमा ब्याटिङ र बलिङ दुवैमा स्तरीय प्रदर्शन गरेको छ। दक्षिण अफ्रिकाविरुद्ध तीन सय ३० रन बनाएको बंगलादेशले न्युजिल्यान्डविरुद्ध पनि दुई सय ४४ रन जोडेको थियो। इङ्ल्यान्डविरुद्धको खेलमा पनि बंगलादेशले दुई सय ८० रन बनाएको थियो। दक्षिण अफ्रिका र इङ्ल्यान्डविरुद्धको खेलमा बंगलादेशी बलरको प्रदर्शन पनि स्तरीय थियो। यी दुई टोलीबीचको खेललाई मौसमले भने साथ नदिन सक्छ। मंगलबार अधिकांश समय ब्रिस्टलको आकाशमा बादल लाग्ने मौसम विभागको पूर्वानुमान छ।

एकदिवसीयमा दुई टोली

कुल : ४३ खेल

श्रीलंका विजयी : ३६ खेल

बंगलादेश विजयी : ७ खेल

विश्वकपमा दुई टोली

कुल : ३ खेल

श्रीलंका विजयी : ३ खेल

बंगलादेश विजयी : ० खेल

आजको खेल

 बंगलादेशविरुद्ध        श्रीलंका

काउन्टी ग्राउन्ड (दिउँसो ३ः१५ बजे)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.