आईएलओको शतवार्षिकीमा प्रधानमन्त्री

आईएलओको शतवार्षिकीमा प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सतवार्षिकी कार्यक्रममा सहभागिता जनाए । देशको पछिल्लो अवस्था, श्रम सम्मान, रोजगारी र नेपालीले विदेशमा गरेका काम र ती देशसँगको सहकार्यबारे पनि उनले धारणा राखे । सम्मेलनमा सहभागीसहित केही साइडलाइन वार्ता पनि उनले गरे । उनले नर्वेका समकक्षी इर्ला शोलवर्ग, टर्कीका उपराष्ट्रपति र राष्ट्रसंघीय अधिकारीहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरे ।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जेनेभाबाट सोमबार नै बेलायत प्रस्थान गरेका छन् । उनले बेलायती समयअनुसार सोमबार साँझ (नेपाली समयअनुसार मंगलबार बिहान सवा १ बजे) अक्सफोर्डमा शान्ति, प्रजातन्त्र र विकासबारे प्रवचन दिने छन् । उनलाई बेलायतको हिथ्रो विमानस्थलबाट हेलिकप्टरमा नै अक्सफोर्ड लैजाने तयारी छ । उनले मंगलबार साँझ बेलायती समकक्षी टेरेजा मेलाई भेट्ने छन् । उनले बेलायती राजकुमार ह्यारीसँग पनि भेटवार्ता गर्ने छन् । उनी तीन दिन बेलायत बसेर फ्रान्स जाने छन् ।

यसबीच प्रधानमन्त्री ओलीले सबैको साथ लिएर देश विकासमा अग्रसर भएको बताएका छन् । उनले जेनेभामा त्यहाँ रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशीसमक्ष स्थायी नियोगको कार्यक्रममा यस्तो धारणा राखेका हुन् । लामो द्वन्द्वको समाधान गर्दै संविधानसभाबाट तयार पारेको संविधानअनुसार चुनाव भएको भन्दै उनले सरकार जनताको चाहना आत्मसात् गर्दै अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले स्वेदश तथा विदेशमा रहेका नेपालीको साथ र सहयोगमा नै विकास अघि बढ्ने पनि स्पष्ट पारे । लामो बलिदानपूर्ण संघर्षपछि जनताले ठूलो विश्वास गरेको यतिबेलाको सरकार सुशासन र तीव्र आर्थिक वृद्धिलाई मुख्य ध्येय बनाएर अघि बढेको पनि उनले बताए । उनले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी माग र भावनाप्रति आफू जानकार रहेको बताए । उनले त्यहाँ नेपालीसँग अन्तरक्रिया पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.