महेश्वरको मिहिनेत
काठमाडौं : शरीर चिटिक्क बनाउने रहर कसको मात्र हुन्न ? धेरैजसो कुनै न कुनै दिन यही लोभले जिमखान छिरेकै हुन्छन्। त्यही बेला थाहा हुने हो, ‘बडिबिल्डिङ’ को यो रहर सजिलो भने छैन। अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या पनि चाहिन्छ। महेश्वर महर्जन यही खेलका खेलाडी हुन्। उनले के जिते, त्यो पछि आउ“छ, तर उनले आजको दिनसम्म पुग्न के कति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसा गर्न योग्य छ।
धेरै वर्षअगाडि उनको शरीर मसिनो नै थियो, त्यसैले अरू जस्तै घर नजिकको जिमखाना छिरे। त्यो स्कुल जा“दाको समय हो। अहिले उनको आप्mनै जिमखाना छ। त्यही जिमखानाबाट अहिले कसरतपछि बाहिर निस्कनु पर्छ, उनको शरीरलाई देखेर लोभ लाग्छ। लोभ मात्र के र ? त्यही शरीरले नेपाललाई ऐतिहासिक सफलता पनि दिलाएको छ, त्यो वल्र्ड च्याम्पिनयसिप स्तरमै। वर्ष २०७५ मा निकै चर्चा बटुलेका खेलाडीमा पर्छन्, ३५ वर्षीय महेश्वर।
नेपाली खेलकुदमा नजिकका धेरैले गत वर्ष सामाजिक सञ्जालमा कोही एक खेलाडीको धेरै चर्चा गरे भने त्यसमा पक्कै पर्नेछन्, यिनै महेश्वर। उनले वर्ष २०७५ मा थाइल्यान्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपको ७५ केजी तौलसमूहमा उपाधि जिते र छाए, व्यापक चर्चामा। च्याङमाईमा प्राप्त त्यो सफलतापछि धेरैलाई गहिरो कौतुहल लागेको थियो, यो महेश्वर भन्ने को हो ? यसले जितेको के हो ? धेरैले उनीबारे खोजीनीति गरे।
चर्चामा उनी मात्र रहेनन्, यो खेललाई नै एउटा आकर्षणको केन्द्र भयो। वर्ष २०७५ मा नेपाली खेलकुदबारे चर्चा गर्दा उनलाई छुटाउन्नै हुन्न। त्यसैले त एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परे, यी खेलाडी। त्यसै पनि यो विधामा फुटबल र क्रिकेटको बढी वर्चस्व हुने गर्छ। शारीरिक सुगठनका खेलाडी यो विधाको मनोनयनमा पर्नु दुर्लभ जस्तै हो। त्यसैले महेश्वर आपैmं खुसी छन् र मान्छन्, मनोनयनमा पर्नु पनि जिते जस्तै हो।
उनी यत्तिकै रोकिने पक्षमा पनि छैनन् र उत्तिकै दत्तचित्त भएर यस प्रतिष्ठित अवार्डलाई जित्न लागिपरेका छन्। भन्छन्, ‘यो सबैभन्दा ठूलो अवार्ड हो, नेपाली खेलकुदको।’ पल्सर स्पोर्ट्स अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा। सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले निर्णय हुनेछ, यसका विजेता।
यो विधामा धेरै प्रतिस्पर्धा छ, उनी पनि मान्छन्। यस्तै चर्को प्रतिस्पर्धा थाइल्यान्डमा पनि थियो। सन् १९९७ बाट व्यावसायिक रूपमा यो खेलमा ओर्लिएका महेश्वरले त्यसको ६ वर्षपछि धर्म श्रीमा पहिलो पल्ट भाग लिए। यस अगाडि भुटानमा भएको ५०औं एसियाली बडिबिल्डिङ च्याम्पियसिपमा पनि स्वर्ण जितेका महेश्वरले धर्म श्रीकै १३औं संस्करण पनि जिते। उनले त्यसै प्रतियोगिताको ७५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।
भित्री काठमाडौंका यी रैथाने नेपाली युवा पुस्ताका प्रतिनिधि पात्र हुन्। केही वर्षअगाडि उनी पनि विदेशतिर लागे। तर नेपाल नै फर्के, यो भने उनको प्रशंसा गर्न योग्य काम भयो र केही साथीस“ग मिलेर जिम सेन्टर खोले। अहिले उनी मिस्टर युनिभर्समा भाग लिन धूमधामले तयारी गरिरहेका छन्। अब यो तयारीमा जोडिएको छ, पिपुल्स च्वाइस अवार्ड जित्ने धुन पनि। आफ्नो शरीर बनाउन दिनरात एक गरिरहेका महेश्वर चाहन्छन्, यो अवार्ड पनि जितौं, त्यसो भनेको पिपुल्स च्वाइस अवार्ड।