आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

तामिम इक्बाल (बंगलादेश)

बंगलादेशी टोलीका अनुभवी खेलाडी हुन्, तामिम इक्बाल। उनी टोलीमा ओपनर ब्याट्सम्यानको भूमिका निर्वाह गर्छन्। जारी विश्वकपमा उनी हालसम्म खासै जम्न सकेका छैनन्। दक्षिण अफ्रिकाविरुद्घ १६ रनमै पेभेलियन फर्किएका इक्बाल न्युजिल्यान्डसँगको खेलमा पनि २४ रनभन्दा अगाडि बढ्न सकेनन्। इङ्ल्यान्डविरुद्घको खेलमा पनि उनी १९ रनमै आउट भए। यद्यपि, ३० वर्षीय तामिम इक्बाल जारी विश्वकपमा बंगलादेशले निकै भरोसा गरेको खेलाडी हुन्। यसअघि बंगलादेशको थुप्रै सफलतामा उनी महत्वपूर्ण सावित भएका छन्। उनले बंगलादेशका लागि एक सय ९६ एकदिवसीयको एक सय ९४ पालीमा ३५.९९ को औसतले कुल ६ हजार ६ सय ९५ रन बनाएका छन्। एकदिवसीय क्रिकेटको एउटै खेलमा उनको उच्च स्कोर एक सय ५४ रन हो।

एकदिवसीय क्रिकेटमा उनले ११ शतक र ४६ वटा अर्धशतक बनाएका छन्। उनले ५० वटा क्याच पनि लिएका छन्। टेस्ट क्रिकेटमा पनि उनले ५८ खेल खेल्दै कुल चार हजार तीन सय २७ रन बनाएका छन्। टेस्टमा उनको उच्च स्कोर दुई सय ६ रन हो। टेस्ट क्रिकेटमा उनले नौ शतक २७ अर्धशतक बनाएका छन्। मंगलबार हुने खेलमा पनि इक्बालबाट उत्कृष्ट प्रदर्शनको आशा गर्न सकिन्छ।

कुशल मेन्डिज ( श्रीलंका)

जारी विश्वकपमा श्रीलंकाली टोलीले खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। त्यसमाथि श्रीलंकाको ब्याटिङ झनै कमजोर देखिएको छ। श्रीलंकाले ब्याटिङमा निकै आशा गरेका कुशल मेन्डिजले पनि हालसम्म आफ्नो प्रभाव देखाउन सकेका छैनन्। अफगानिस्तानविरुद्घको खेलमा उनी दुई रनको व्यक्तिगत स्कोरमै आउट भएका थिए। त्यसअघि न्युजिल्यान्डविरुद्घको खेलमा पनि उनी शून्य रनमै पेभेलियन फर्किएका थिए।

अघिल्ला दुई खेलमा निराशाजनक प्रदर्शन गरे पनि २४ वर्षीय दायाँहाते ब्याट्सम्यान मेन्डिसबाट मंगलबार हुने बंगलादेशविरुद्घको खेलमा उत्कृष्ट प्रदर्शनको आशा गर्न सकिन्छ। उनले श्रीलंकाका लागि ६५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ६३ पालीमा २७.७७ को औसतले कुल एक हजार ६ सय ९४ रन बनाएका छन्। एकदिवसीय क्रिकेटको एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय दुई रन हो। एकदिवसीयमा उनले एक शतक र १५ वटा अर्धशतक पनि बनाएका छन्।

यसका अतिरिक्त उनले ३१ वटा क्याच पनि लिएका छन्। यसैगरी टेस्ट क्रिकेटमा पनि उनले ३८ खेल खेल्दै ३६.६५ को औसतले कुल दुई हजार ६ सय ३९ रन बनाएका छन्। टेस्टमा उनको उच्च स्कोर एक सय ९६ रन हो। टेस्टमा उनले ६ शतक र नौ अर्धशतक प्रहार गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.