पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी चुर्लुम्म

पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी चुर्लुम्म

स्याङ्जा : पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं  दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित खहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए । 

बर्षाको समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो  खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे । गाडी भन जेसीबीको प्रयोग गरी बाहिर निकालियो । 

यसैगरी, पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले  निर्वाचनमा गरेका बाचा पूरा गर्न सरकार लागेको भन्दै एजेण्डालाई कसैले रोक्न नसक्ने दाबी गरे । 

अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै उनले स्याङ्जाको सेतीदोभान-घण्टे-पर्वत सडक र वालिङ् -बारिकुना-चापाकोट-रामपुर सडक सडक बजेटमा समेटिएको जानकारी दिए ।  

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मी, प्रतिनिधि सभा डा.गणेशमान गुरुङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याललगायतले जिल्लाको दीर्घकालीन विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । 
 
सडक डिभिजन कार्यालय पोखराबाट निर्माण हुन लागेको पुल अर्जुनचौपारी–३ हुँदै आधीखोला गाउँपालिका–१ जोड्नेछ । ३ करोड ७ लाखको लागतमा निर्मित पुल  एक वर्ष ६ महिनामा सक्ने शर्तमा जिएसआर निर्माण सेवा पोखराले निर्माणको जिम्मा पाएको छ । पुल २० मिटर लामो, आरसीसी डबल लेन तथा ओपन फाउण्डेसनको हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.