‘प्रादेशिक रंगशाला दुलोभित्र पस्यो कि आकाशले खायो ?’

‘प्रादेशिक रंगशाला दुलोभित्र पस्यो कि आकाशले खायो ?’

काठमाडौं : सांसद प्रदीप यादवले खेलकुद मन्त्रालयको निर्णय अनुसार त्यस क्षेत्रमा बजेट विनियोजन नभएकोप्रति आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद यादवले बजेट संघीयता विरोधी भएको भन्दै आपत्ति जनाएका हुन्। 

‘खेलकुद मन्त्रालयले हरेक प्रदेशमा प्रादेशिक स्तरको अन्तराष्ट्रिय रंगशाला बनाउने निर्णय गरेको थियो’, यादवले भने, ‘तर, अर्थ मन्त्रालयले त्यो बजेटै दिएन। अर्थमन्त्रीले किन बजेट रोक्नु भयो। बजेट दुरुलोभित्र पस्यो, आकाशले खायो कि हाम्रो सरकारले खायो ?’ 

सांसद यादवले प्रधानमन्त्री बाहुबली बनेको र अन्य मन्त्री कमजोर भएको टिप्पणी गरे। ‘प्रधानमन्त्री बाहुबली भइसक्नु भएको छ’, उनले भने, ‘बाहुबलीको डरले कुनै पनि मन्त्रीले आफ्नो धारणा राख्न सकिराख्नु भएको छैन।’ 

सांसद यादवले वीरगन्जलाई देशको आर्थिक राजधानीको रुपमा अगाडि बढाउने सम्झौता विपरित बजेट आएकोप्रतिसमेत आपत्ति जनाए। ‘प्रदेश राजधानी घोषणा हुँदा वीरगन्जका शक्तिशाली नेताले पनि यो कुरा स्वीकार गर्नु भएको थियो’, उनले भने, ‘तर, अहिले कोही पनि बोल्नु भएको छैन। किन ?’ 

बजेट केन्द्रमुखी भएको उनको टिप्पणी छ। सबै बजेट केन्द्रले बाँडेपछि प्रदेश सरकारमाथि हस्तक्षेप भएको उनको भनाइ छ। ‘प्रदेश सरकार चाहिँ मन्दिरमा गएर घण्टा बजाउने ?’, उनले प्रश्न गर्दै भने। उनले केन्द्रमुखी बजेट ल्याउने भए संघीयता किन ल्याएको भन्दै प्रश्नसमेत गरे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.