माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु, एक घाइते

माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु, एक घाइते

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका नगरपालिका ६ कुण्डोलमा घरको जग हाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर मंगलबार एक जनाको ज्यान जानुका साथै अर्को एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घर निर्माणको काम गर्ने सिन्धुपाल्चोक घर भई हाल मध्यपुर थिमीमै बस्दै आएकी ३५ वर्षीया रोजनी खड्काको ज्यान गएको हो। त्यस्तै सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर भई हाल कुन्डोलमै बस्दै आएका वर्ष ३८ का दावा तामाङ घाइते भएका हुन्।

उनीहरु सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर भएका अम्मरबहादुर पराजुलीको नयाँ घरको जग हाल्ने काम गर्दै थिए।

प्रहरीका अनुसार पराजुलीको नयाँ घरको जग हाल्ने क्रममा माटोको ढिस्को पल्टन गई काम गरिरहेका खड्का र तामाङ पुरिएका थिए। तत्काल उनीहरुलाई उद्धार गरी मध्यपुर अस्पताल लगिएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उपचारकै क्रममा मंगलबार दिउँसो खड्काको मृत्यु भएको उनले बताए। घाइते तामाङको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.