गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भातीय नागरिक पक्राउ
धरान : सुनका गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई धरानमा प्रहरीले पक्राउ गरेको छ ।
धरानका विभिन्न स्थानमा सुनचाँदीका गहना, तामाका भाँडाहरु सफा गरिदिने भन्दै सुनमा रसायन हालेर सुनका गहना चोरी गर्ने गिरोहकै रुपमा उनीहरु सक्रिय रहेको धरान प्रहरीले जनाएको छ ।
भारतको विहार राज्यस्थित कटिहारका १९ वर्षीय पवनकुमार मण्डल र दीपक कुमार साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार उनीहरुको साथबाट सुन ठगी गर्ने रसायनिक पदार्थ समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजना विरुद्ध ठगी ऐन अन्र्तगत मुद्दा दर्र्ता गरी कानुनी कारवाही अगाडि बढाइएको छ ।