कञ्‍चनपुर दुर्घटनाका मृतक तीनैजनाको सनाखत (अपडेट)

कञ्‍चनपुर दुर्घटनाका मृतक तीनैजनाको सनाखत (अपडेट)

महेन्द्रनगर : कञ्चनपुरमा भएको अटोरिक्सा र जेसीबीको ठक्‍करबाट भएको दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दुर्घटनामा परी बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका २ देहीमाण्डुका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरक ५८ वर्षीय तीलप्रसादको मृत्यु भएको हो।तीनैजनाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

घाइते हुनेमा अटो चालक भीमदत्त नगरपालिका ११ का प्रेम थापा, कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा र उनका ३ वर्षीय छोरा रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै, दुर्घटनाका बेला साइकलमा विद्यालय गइरहेका भीमदत्त नगरपालिका १० का जगदिश पार्की समेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर विष्टले जानकारी दिए।

उनीहरुको पनि महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार बिहान साढे सात बजेतिर पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडकखण्डअन्तर्गत भीमदत्त नगरपालिका ६ बनगाउँनजिक अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको जेसिबीले ठक्‍कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको थियो। 

गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको से १ क ७३३ नम्बरको जेसिबीले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.