चार वर्षपछि अदुवाको मूल्य बढ्यो

चार वर्षपछि अदुवाको मूल्य बढ्यो

धरान : चार वर्षपछि प्रदेश- १ मा अदुवाको मूल्य वृद्धि भएको छ। भने अनुसारको मूल्य पाएपछि पूर्व क्षेत्रका अदुवा किसान हर्षित भएका छन्। भारतले नेपाली अदुवा निकासीमा प्रतिबन्ध लगाएपश्चात् ओरालो झरेको अदुवाको मूल्य यस वर्षको सिजनको सुरुवातमै वृद्धि भएको छ।

भारतले अदुवा निकासी गर्न सहज बनाएपछि पूर्वी नेपालका किसानले उत्पादन गरेको अदुवाको मूल्य सुरुवातमै वृद्धि भएको हो। भारतले अदुवा नकासीमा प्रतिबन्ध लगाउनु र विचौलियाले किसानलाई भनेअनुसारको मूल्य नदिँदा अदुवा किसान मारमा परेका थिए।

अदुवाको मूल्य ओरालो लाग्नुको मूख्य कारण विचौलिया रहेको चाल पाएपछि किसान जागरुक हुँदा अदुवाको मूल्य सिजनको सुरुवातमै वृद्धि भएको हो। प्रदेश-१ का धनकुटा, सुनसरी, संखुवासभा, उदयपुर, पाँचथर, तेह्रथुम, खोटाङ र भोजपुरमा उत्पादन हुने अदुवाले भने अनुसारको मूल्य पाउन थालेपछि अदुवा किसान पेसा प्रति आर्कषित भएका छन्।

हाल अदुवाको होलसेल मूल्य एकसय ६० र खुद्रा मूल्य २ सय ४० पुगेको कृर्षि उपज बजार धरानका प्रबनधक लक्ष्मण भट्टराईले बताए। पूर्व क्षेत्रमा उत्पादन भएको अदुवा किसान आफैले बिक्री गर्ने गरेका कारण किसानले उचित मूल्य पाउन थालेको उनको भनाई छ। 

चार वर्ष अगाडी अदुवाको मूल्य प्रतिकेजी ५५ रुपैयाँसम्म पुगेको थियो।हाल आएर अदुवाको मुल्य प्रतिकेजी एकसय ६० रुपैयाँ पुगेपछि यस क्षेत्रका किसान हर्षित भएका छन्।

बारीमै बेच्दा कम मूल्य पाउने भएपछि क्षेत्रका किसान आफूले उत्पादन गरेको अदुवा बजारसम्म ल्याएर आफै बेच्न थालेका छन् । प्रदेश १ का किसाले अदुवा बिक्री केन्द्र कृषि उपज बजार धरानलाई बनाएका छन्। किसान आफैले बिक्री गर्न ल्याएको अदुवाको होलसेल मूल्य एकसय ६० पाउन थालेपछि हर्षित भएको धरान उपमहानगरपालिका-२० स्थित विष्णुपादुकाका किसान मदम राईले बताए।

उनले अदुवाको मूल्य पाउन थालेपछि यसपटक जग्गा लिजमा लिएर ४० मन अदुवा रोपेको बताए। किसानले उत्पादन गरेको अदुवा बिक्री गर्न समस्या भएका कारण सरकारले प्रत्येक स्थानीय निकायमा कृर्षिउपज बजारको स्थापना गरिदिए किसानलाई अदुवा बिक्री गर्न सहज हुने धनकुटाको सहदभुमी गाउँपालिकाका किसान नारायण श्रेष्ठले बताए।

किसानलाई आर्कषित गर्न सहुलियत दरमा ऋण र कृषिजन्य वस्तुको बिक्री गर्नका लागि मोटरबाटोको सुविधा हुनुपर्ने उनको माग छ।  कृषि उपज बजार धरानका व्यवस्थापक भट्टराईले पूर्वी क्षेत्रमा उत्पादन भएको अदुवा भारत, काठमाडौं, विराटनगर, झापा, बुटवल, पोखरा, विरगन्ज, जनकपूर, हेडौडा चितवनलगायतका ठाउँमा निर्यात हुने गरेको बताए।उनले धरानमा किसानले दैनिक तीनसय मेट्रिक टन अदुवा बिक्री गरेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.