जो पाँचौं पटक विश्वकप खेलिरहेका छन्

जो पाँचौं पटक विश्वकप खेलिरहेका छन्

विश्वकप खेल्न पाउँदा कुन खेलाडी खुसी नहोला र ! अझ लगातार पाँचौं पटक देशको झन्डा बोकेर खेल्न पाउनु खेलाडीका लागि गर्वको कुरा हो। जारी विश्वकप खेलिरहेका दुई भाग्यमानी खेलाडी हुन्, क्रिस गेल र मसरेफ मोर्तजा। वेस्ट इन्डिजका ३९ वर्षीय गेल र बंगलादेशका ३५ वर्षीय मोर्तजा सन् २००३ देखि २०१९ सम्म लगातार विश्वकप खेलिरहेका छन्। गेल यस विश्वकपमा पनि वेस्ट इन्डिजका मुख्य हतियार हुन्। ब्याटिङका बादशाह गेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

गेलको यो अन्तिम विश्वकप पनि हो। उनी २००३ मा पहिलो पटक विश्वकप खेलेका थिए। त्यसयता हरेक विश्वकपमा उनी सदाबहार छाएका छन्। बायाँहाते बिग हिटर ब्याट्सम्यान उनी उत्कृष्ट फर्ममा छन्। उनको अगाडि बल फाल्न विश्वका उत्कृष्ट बलरलाई हम्मेहम्मे पर्ने गर्छ।

यसैगरी मोर्तजाले पनि सन् २००३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। तीव्र गतिका बलरका रूपमा करिअर सुरु गरेका मोर्तजाको यो पाँचौं विश्वकप हो। सुरुमा बलरका रूपमा टोलीमा परेका मोर्तजा पछिल्लो क्रममा ब्याटिङबाट पनि राम्रो रन बनाउने क्षमता राख्छन्। पटक पटक घाइते भएकाले उनको खेल जीवनमा धक्का पनि लाग्दै आएको छ। मोर्तजा यसै विश्वकपपछि विश्राम लिने तयारीमा छन्। बंगाली टोलीको कप्तानीको मोर्चा सम्हालेका उनले बलिङ लाइन अपको भूमिका पनि निर्वाह गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.