बालकथा : जंगेले पायो स्याबासी
आफ्नो बुवाको यस्तो अवस्था देखेर जंगे निराश भयो। मैले अब गलत काम गर्नु हुँदैन भन्ने उसलाई लाग्यो। अब नराम्रा साथीहरूको संगत पनि गर्दिन भनेर उसले प्रण गर्यो।
कक्षा कोठामा सबैजना पढिरहेका थिए। जंगे अलि चकचके स्वभावको थियो। विद्यालयमा ऊ केही न केही उट्पट्याङ्ग गरिरहन्थ्यो। बेलाबेलामा आफ्ना कक्षाका साथीहरूलाई जिस्क्याउँथ्यो पनि। जंगेको चकाचक देखेर उसको मिल्ने साथी पनि छक्क परेको थियो। उसले दिनदिनै नयाँ नयाँ झोला लिएर आउँथ्यो। यो देखेर उसको साथीले मनमनै भन्थ्यो, ‘आफूलाई भने दिनदिनै मैलो झोला बोक्नु परिरहेको छ।
आमालाई धोइदिनु भन्छु कहिल्यै फुर्सद निकाल्नु हुन्न। जहिले पनि काममा व्यस्त। धोइदिन्छु धोइदिन्छु भन्नुहुन्छ।’ जंगे स्कुलमा सधैं चिउरा, फलफूल, मिठाईजस्ता मीठामीठा खानेकुरा लिएर आउँथ्यो। साथीहरू उसको खाजा देखेर भन्ने गर्थे, ‘ओ हो ! यसले दिनका दिन कति धेरै मीठा खाजा लिएर आउँछ। हामीले त बल्लबल्ल हप्तामा एक दिन पाउँछौं। कहिलेकाहीँ त त्यो पनि ल्याइँदैन।’
जंगेले एक दिन आफ्नो मिल्ने साथीलाई आफ्नो घर लिएर गयो। उसको घर देखेर जंगेको साथीले छक्क पर्दै भन्यो, ‘आहा ! उसको घर कति राम्रो रहेछ। यस्ता घर त ठाउँठाउँमा छन् अरे। उसले मलाई भनेको।’
घर भित्र गएर सबै कोठाहरू हेर्यो। कोठैपिच्छे राम्राराम्रा नयाँनयाँ डिजाइनका दराज र पलङ रहेछन्। यस्तो त उसले आजसम्म देखेको थिएन। यस्तो पलङमा सुत्न पाए कस्तो न होला भनेर उसले मनमनै सोच्यो। जंगेको रवाफ छुट्टै छ। विद्यालय गयो भने पनि सबै साथीभाइलाई म जस्तो को छ र भनेर उसले घचेट्दै हिँड्छ। ऊ आएको देखे भने साथीहरू अर्कोपट्टि फर्किन्छन्। उसको रवाफ हिरो भए पनि पढाइमा जिरो थियो।
कक्षामा पनि थरीथरीका मोबाइल लिएर आउँथ्यो। तिनलाई खेलाउँदै बस्थ्यो। नचाहिँदा फाल्तु गफ चुटेर बस्थ्यो। बाटोमा पनि अलि सोझासाझालाई भेट्यो भने तिनलाई हप्काउँथ्यो। पिटपाट गथ्र्यो र हिँड्थ्यो। यसरी नै उसको दिनचर्या बित्थ्यो।
एकदिन उसको घरमा प्रहरी आए। उसको बाबालाई समातेर लगे। यो हल्ला गाउँभरि फैलियो। रेडियो, टेलिभिजनलगायत सबै ठाउँमा समाचार आयो। त्यसपछि जंगेलाई थाहा भयो। उसको बुवाले भ्रष्टाचार गरेका रहेछन् भनेर।
आफ्नो बुवाको यस्तो अवस्था देखेर जंगे निराश भयो। मैले अब गलत काम गर्नु हुँदैन भन्ने उसलाई लाग्यो। अब नराम्रा साथीहरूको संगत पनि गर्दिन भनेर उसले प्रण गर्यो। अब कक्षामा पनि ज्ञानी भएर बस्छु। अरूलाई जिस्क्याउँदिन। कक्षामा पनि फस्ट, सेकेन्ड हुने साथीहरूसँग मात्र संगत गर्छु। एकाएक उसको विचार परिवर्तन भएको देखेर म छक्क परेँ। अलि खुसी पनि भएँ। त्यसपछि उसले गलत काम गर्न छोडिदियो।
त्यसपछि उसले पिकनिक, नाचगान, मनोरञ्जनजस्ता सबै कुरा छोडिदियो। जति फकाए पनि यस्तो कुरामा इच्छा देखाएन। उसले एउटा कुरा मात्र भन्न थाल्यो हामीले समाजमा राम्रो बाटो देखाउनुपर्छ। एउटा उदाहरणीय काम गरेर समाजलाई डोर्याउन सक्नुपर्छ। राम्रो काम गरे समाजमा मनोरञ्जन गर्न पनि रमाइलो हुन्छ। यसले हाम्रो भविष्य पनि राम्रो बनाउँछ। हामी आफ्नो खुट्टामा आफैं उभिन सक्नुपर्छ। नराम्रा संगत सबैबाट अलग भयो।
लामो समयपछि एकदिन ऊ गाउँमा देखा पर्यो। ऊ त धेरै पढेर ठूलो विद्वान बनिसकेछ। पछि उसले उद्योगधन्दा खोल्यो। धेरै साथीहरूलाई रोजगारी दियो। सिनेमा पनि बनायो। त्यसैगरी देशमा रोजगारीको अवसर सिर्जना गर्यो। कृषि फारम खोलेर धेरैलाई आत्मनिर्भर बनायो। देशलाई नै हराभरा बनायो। आखिर मान्छे भनेको यस्तो हुनुपर्छ भनेर सबैको स्याबासी पनि पायो। धेरैको आशीर्वाद पाएर अझै राम्रो काम गर्दै गयो।