धरानमा मेयरको कुर्सी खाली

धरानमा मेयरको कुर्सी खाली

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा मेयरको कुर्सी ११ महिनादेखि खाली छ। मेयर तारा सुब्बाको गत साउन १ गते निधन भए पनि उपनिर्वाचन भएको छैन। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको पद रिक्त रहेको अवस्थामा ६ महिनाभित्र उपनिर्वाचन गराई पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकारले धरानमा मेयरको पद रिक्त भएको वर्ष पुग्न लाग्दा पनि उपनिर्वाचन गराउन सकेको छैन।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने सरकारले धरानमा मेयर पद रिक्त रहेको विषयमा औपचारिक जानकारी नदिएको बताए। पद रिक्त भए पनि निर्वाचन गराउन संघीय मामिला तथा सामान्य मन्त्रालयबाट कुनै निर्देशन र जानकारी नआएकाले आयोगले मात्र उपनिर्वाचन गराउन नसक्ने उनको भनाइ छ। सरकारले निर्देशन दिए पद रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि तत्काल उपनिर्वाचन गराई पदपूर्ति गरिने उनले बताए।

धरानमा उपमेयर मञ्जु भण्डारीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी छन्। तर, उपमेयर भण्डारीले नेतृत्व गर्न नसक्दा विकास निर्माणका काम प्रभावित भएको नेकपा र कांग्रेस नेताको गुनासो छ। धरानमा नयाँ बसपार्क, विमानस्थल निर्माण, खानेपानी आयोजना निर्माणमा लापरवाही भएको छ। उपमेयर भण्डारी संयोजक रहेको नयाँ बसपार्क आयोजनाको काम अघि बढेको छैन। प्रदेश सरकारले छुट्याएको १ करोड बजेट फ्रिज हुन लागे पनि काम अघि बढाउन नसक्नु भण्डारीको मुख्य कमजोरी रहेको कांग्रेस धरानका सभापति तिलक राईको आरोप छ।

नेकपाका प्रदेश सदस्य अइन्द्रविक्रम बेघाले रिक्त पदमा उपनिर्वाचन गराए धरानको विकास निर्माणका काम अगाडी बढाउन सहज हुने बताए। ६ महिनाभित्र उपनिर्वाचन नगराएर सरकारले बेवास्ता गरेको भनाइ छ।

धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले भण्डारीसँग मिलेर काम गर्ने वातावरण नभएको बताए। सरकारले उपनिर्वाचन गराई दैनिक कामकाजमा सहज बनाइदिनुपर्ने धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईको भनाइ छ। धरानमा वर्षदिनमा चार जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। सहसचिव कार्यालय प्रमुख हुने व्यवस्था रहे पनि सरकारले उपसचिव विनोदकुमार पोखरेललाई प्रमुख प्रशाकीय अधिकृतको जिम्मेवारी दिएको छ। मेयर नभएको अवस्थामा एक तह मुनिका कर्मचारीलाई कार्यालय प्रमुख बनाएपछि धरान उपमहानगर निमित्त र कार्यवाहकका भरमा सञ्चालन हुँदै आएको नागरिक अनुगमन तथा सरोकार मञ्च धरानका सचिव प्रा. डा. राजेन्द्र शर्माले बताए।

धरान-७ का वडाध्यक्ष भूपेन्द्रराज मोक्तानको पनि २०७५ जेठ २ गते निधन भएको थियो। तथ्यांकअनुसार धरान मात्र हाइन, संखुवासभाको मकालु गाउँपालिका अध्यक्षसहित देशभर ८ सय ९८ जनप्रतिनिधिको पद रिक्त छ । ती स्थानीय तहमा उपप्रमुखले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.