स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

भोजपुर : भोजपुरका अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाहरूको संख्या बढ्न थालेको छ। स्वास्थ्य संस्था र अस्पतालको सेवामा सुधार भएपछि उनीहरु स्वास्थ्य संस्थामै आएर सुत्केरी हुन थालेका हुन्। घरमै सुत्केरी हुँदा आमा र बच्चा दुबैको ज्यान जोखिम हुने, पाठेघर खस्ने, तथा क्यान्सर हुने समस्या कम गर्न स्वास्थ्य संस्था नै रोज्ने गरेका छन्।

‘स्थानीय तहले पनि वडास्तर मै चेतनामुलक कार्यक्रम गरिरहेका छन्’, पौवादुङ्मा गाउँपालिका ३ की प्रविना लम्जेलले भनिन्,‘ यसले मातृशिशु स्वास्थ्य कार्यक्रम प्रभावकारी भइरहेको छ।’ स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकित्सक, औषधी उपचार, स्वास्थ्य सामाग्री, उचित परामर्श हुनाले आराम र सुरक्षित महसुस हुने गरेको उनीहरु बताउँछन्।

स्वास्थ्यकर्मी कञ्चन राईका अनुसार घुम्ती शिविरबाट आमचोक गाउँपालिकामा एक सय ११, पौवादुङमा गाउँपालिकामा २२ र भोजपुर नगरपालिकामा ६३ जना महिलाहरुले भिडियो एक्सरे सेवा लिएका छन्। सेवा विस्तार भएसँगै स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी गराउने महिलाहरुको संख्यामा बृद्घि भएकोे आमचोक गाउँपालिकाका स्वास्थ्य संयोजक माही नारायण चौधरीले बताए।

टेम्के मैयुङ गाउँपालिकाले पनि मातृशिशु स्वास्थ्य कार्यक्रममा ८९ हजार रुपैयाँ विनियोजन गरेको छ। घरदैलोमा सेवा पाएपछि सदरमुकाम धाउने खर्च पनि जोगिएको छ। ‘सानो चेकजाँच, औषधिमुलो गर्न पनि एकदिन खर्चेर सदरमुकाम जानुपथ्र्यो’, टेम्के मैयुङ गाउँपालिका ४ की मिनाकुमारी राईले भनिन्, ‘ अहिले धेरै सहज भएको छ।’

गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईले अझै स्वास्थ्य सेवा प्रभावकारी बनाएर लगिने बताए।

९ वटै स्थानीय तहमा ३५ वटा बर्थिङ सेन्टर र बाँकी स्वास्थ्य संस्थामा १३ वटा बर्थिङ सेन्टर थप गरिने छ। ११ वटा बर्थिङ सेन्टरमा भिडियो एक्स रे सेवासमेत उपलब्ध गराईएको छ। स्वास्थ्य संस्थामा प्रसुति गराउन जनचेतनामुलक कार्यक्रमका लागि दुई करोड २७ लाख रुपैँया खर्च भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.