पर्यटकीय स्थल थोलेदेम्बामा पूर्वाधार निर्माण

पर्यटकीय स्थल थोलेदेम्बामा पूर्वाधार निर्माण

ओखलढुंगा : नेपालका सात अग्ला डाँडामध्येको एक खिजीदेम्बाको देम्बाडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न पूर्वाधार निर्माणको काम सुरु भएको छ। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा सूचीकृत देम्बाडाँडामा पर्यटकीय पूर्वाधार विकासको काम थालिएको हो।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त ६५ लाख बजेटबाट खिजिदेम्बा गाउँपालिकाले पूर्वाधार विकासको काम अगाडि बढाएको हो। सूचीमध्येको एक ओखलढुंगाको यो डाँडा ३३५० मिटर अग्लो छ। ओखलढुंगाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको यो डाँडामा अहिले पर्यटकीय पूर्वाधार विकासको काम थालिएको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँबाट गाउँपालिकाले २० लाख रुपैयाँ पैदल बाटोका लागि खर्चेको छ।

देम्बाडाँडा घुम्न जाने पर्यटक खानेपानी नहुँदा असुविधा भोग्ने समस्या समाधान गर्न २५ लाखमा काम थालिएको छ। ३ किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ प्रणाली प्रयोग गरेर देम्बाडाँडामा खानेपानी पुर्‍याउने योजना गाउँपालिकाको छ। ५ लाख रुपैयाँमा देम्बाडाँडामा शौचालय निर्माणको काम पनि थालिएको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँ बजेटबाट भने १८ मिटर अग्लो ट्रसको भ्यू टावर निर्माणको काम अगाडि बढाइएको अध्यक्ष वेदबहादुर रोक्काले बताए। उनले नेपालकै प्रमुख गन्तव्य स्थलका रूपमा विकास गर्न पहल भइरहेको बताए।

सगरमाथा लगायतका दर्जनौं हिम श्रृंखला तथा ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाका आकर्षक पहाडी दृष्य देम्बाबाट देख्न सकिन्छ। यस क्षेत्रमा बहुमूल्य जडीबुटीसमेत पाइने गरेको छ। चैत वैशाखको सिजनमा जंगलै ढकमक्क हुने गरी फुल्ने लालीगुराँसले यो क्षेत्रलाई थप आकर्षक बनाउँछ। देम्बाडाँडामा निर्माण हुने पर्यटकीय पूर्वाधारका संरचना आउँदो असार मसान्तभित्रै सम्पन्न गरेर पर्यटक आकर्षण गर्ने खिजिदेम्बा गाउँपालिकाको तयारी छ।

भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर देशभर पर्यटक भिœयाउने सरकारको लक्ष्य पूरा गर्न ओखलढुंगाका पर्यटकीय स्थलको प्रचार र विकास गर्न प्रदेश र संघीय सरकारका योजनामा बजेट समावेश गरिएको सांसद यज्ञराज सुनुवारले बताए। सुनुवारकै पहलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा थोलेदेम्बा महोत्सव सम्पन्न भएको थियो। सफा मौसम हुँदा यहाँबाट काठमाडौं उपत्यकाका अग्ला टावरमा बत्ती बलेको देख्न सकिने स्थानीय बताउँछन्। जिल्लाकै सबैभन्दा बढी विदेशी पर्यटक आउने थोलेदेम्बाको पूर्वाधार विकास गर्न सके खिजीदेम्बा गाउँपालिकालाई पर्यटकीय हब बनाउन सकिने स्थानीय अगुवा सुदिप सुनुवारको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.