यात्रु लुट्ने ३ लुटेरा पक्राउ

यात्रु लुट्ने ३ लुटेरा पक्राउ

जोमसोम  : म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा जीपमा सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार पोखरादेखि मुस्ताङको लोमान्थाङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको भाडाको जीप रोकेर ३ बजेतिर लुटेराले यात्रुको सामान लुटपाट गरेका हुन् । जीपमा सवार ६ जना यात्रु लोमान्थाङ गाउँपालिका २ छोसेर निवासी हुन् ।

सडक अन्धकार भएको अवस्थामा जीप रोकेर यात्रु लुटेको आरोपमा म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा, म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका समिट पुन र पर्वत जलजला गाउँपालिका १ का कुशल पाइजालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक शर्माले जानकारी दिए । जीपका यात्रु लुट्ने लुटेराको समूहले केही नगद र लत्ताकपडा लगेको जानकारी प्राप्त भएको शर्माले बताए ।

यस्तै जीपमा सवारी यात्रु कर्मा नाम्ग्याल गुरुङले जीप रोकेर लुटेराले नगद, झोला र लत्ता कपडा लगेको जानकारी दिए। उनीहरुले झोला खोलेर कपडा कालिगण्डकीमा फालेको र केही योजना संम्झौताका आवश्यक कागजपत्र समेत छरपष्ट पारेको उनले बताए।

म्याग्दी बेनी–मुस्ताङ सडकमा यात्रुमाथि लुटपाटको घटना यो पहिलो भएको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउने बित्तिकै म्याग्दी प्रहरीले लुटेरा पक्रन सफल भएको जीपका यात्रु नाम्ग्यालले जानकारी दिए । उनका अनुसार उक्त जीप छुसाङ –लोमान्थाङ रुटमा चल्ने भएपनि काम विशेषले पोखरा झरेको थियो । जीपका मालिक लोमान्थाङ गाउपालिका –५ का ढुके गुरुङ भएको उनले बताए ।
पक्राउ परेका ३ जना लुटेराको समूहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको म्याग्दी प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.